मोरङः मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् ।

चारकोसे झाडीसँगै रहेको यस गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति र्पुयाएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति र्पुयाएका छन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको थियो । हात्तीले सुवेदीको घरमा समेत क्षति र्पुयाएको थियो । रासस