प्रकाश बन्जारा 

इटहरीः रामधुनी नगरपालिका भर रहेका निजी तथा आवासिय विद्यालयहरुको संस्था रामधुनी नगर प्यावसनको आयोजनामा आइतबारबाट खेलकुद सप्ताह सुरु भएको छ । 

रामधुनी नगरपालिका वडा नम्बर ३ मा रहेको पिप्राहा फिल्डमा आइतबार भएको एक भव्य समारोहका बिच रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले खेलकुद सप्ताहको शुभारम्भ गरेका छन् । 

सुनसरी प्यावसनका अध्यक्ष अनुप योन्जन, उपाध्यक्ष रमेश कार्की, इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझी, समाजसेवी तथा भुतपुर्व सैेनिक क्याप्टेन मिठुराज अधिकारी सहितको उपस्थितीमा भएको उद्घाटन खेलमा विद्यार्थीहरुले प्रस्तुत गरेको मार्च पासले झनै रोचक बनाएको थियो । 

उद्घाटन सत्रमा बोल्दै कार्यक्रममा अथिती मिठुलाल अधिकारीले हरेक बर्ष फुटवल खेल सञ्चालनका लागि आफ्नो व्यक्ति गत तबरबाट १० हजार रुपैँया प्रदान गर्ने बचन वद्धता प्रकट गरेका थिए भने नगरप्रमुख शंकरलाल चौधरीले समेत नगरको खेलकुदका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताए ।  कार्यक्रममा जिल्ला प्यावसन सुनसरीका उपाध्यक्ष रमेश कार्की, अध्यक्ष अनुप योन्जन, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

331055560_974623080379507_5061273054677099163_n

उद्घाटनकै अवसरमा रामधुनीका पञ्चायन विद्या मन्दिर, हिमाल पव्लिक स्कुल, आरम्भ विद्या मन्दिर , एलईएस स्कुल , नवकिरण स्कुल , माउन्ट समिट स्कुल, रामधुनी ९ को इ इश्विन एकेडेमी लगायतका विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए । 

रामधुनी प्यावसनका उपाध्यक्ष सरोज माझीले स्वागत गरेको कार्यक्रम सचिव हरि रायमाझीले सन्चालन गरेका थिए भने कार्यक्रम नगर प्यावसनका अध्यक्ष अच्युत ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । 

यसैगरी आइतबार भएको खेलकुद सप्ताह अन्तर्गतको पहिलो फुटवल प्रतियोगितामा रामधुनी १ को माउन्ट समिट वल्र्ड स्कुलले जित निकालेको छ । 

आरम्भ विद्या मन्दिर र माउन्ट समिट वल्र्ड स्कुलका बिच भएको खेलमा आरम्भलाई १ को विरुद्ध ३ गोल गर्दै माउन्ट समिटले जित निकालेको हो । 

खेलकुद सप्ताह अन्तर्गतको भलिवल खेल ९ गतेबाट शुरु हुने कार्यक्रम छ भने समापन आगामी फागुन ९ गते हुने आयोजकले बताएका छन्  ।