इटहरीः थारु महिला उत्थान समाज रामधुनीको अध्यक्षमा आशा चौधरी छानिएकी छन । 

संस्थाको शनिवार सम्पन्न छैटौं साधारणसभाले आशालाई निर्बिरोध अध्यक्ष चुनेको हो ।

सुनसरीको थारु महिला उत्थान समाजको उपाध्यक्ष सनम चौधरी, सचिवमा भगवती चौधरी, सहसचिव हिरा चौधरी र कोषाध्यक्षमा  मन्जु चौधरी चयन भएका छन ।संस्थाको  सदस्यहरु यशोदा चौधरी, आशा चौधरी, चन्द्रकला चौधरी, रेखा चौधरी, पिंकी चौधरी छन । 

समाजको शनिवार झुम्का स्थित घुगि बगिया थारु भिलेजमा छैटौं साधारणसभा सप्पन्न भएको थियो । संस्थाकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा भएको सभाले बिगतमा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै थारु समुदायको रिति रिवाज नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने निश्कर्ष समेत निकालेको थियो ।