इटहरीः इलाका प्रहरी कार्यलय इटहरीमा नयाँ प्रहरी प्रमुख सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको ठाउँमा माधव काफ्ले सरुवा भएर आएपछि प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो । 

प्रहरीले इलाका प्रहरी इटहरीमा नयाँ प्रमुख पाएसँगै दिन तथा रातमा गरिने प्रहरी चेकिङ कडा बनाइएको तथा हराएका मोटरसाइकलहरु समेत धमाधम फेला पर्न थालेको इलाका प्रहरी कार्यालय स्रोतको भनाई छ । 

प्रहरीले अवेर राती सशंकित गतिविधि देखाई हिँडडुल गर्नेलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि समेत शान्ति सुरक्षा मजवुत हुन थालेको बताइएको छ । 

प्रहरीले सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ सञ्चालन गरेको बताएको छ भने प्रहरीको सक्रियातले इटहरीको शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको भनाई छ । 

इटहरीको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी नायब उपरिक्षक माधव काफ्लेले बताएका छन  ।