इटहरीः सुनसरीको रामधुनीमा रहेको थारु महिला उत्थान समाजले प्रदेश पोर्टलका कार्यकारी सम्पादक प्रकाश बन्जारालाई सम्मान गरेको छ । 

आफ्नो स्थापनाको छैठौँ बार्षिक साधारणसभाको अवसर पारेर संस्थाले थारुहरुको मौलिक संस्कार, संस्कृति पहिचान र मौलिक खानाको प्रवद्र्धनमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकार प्रकाश बन्जारा र सुनिल चौधरीलाई सम्मान गरेको हो ।  

समाजले संस्थालाई अमुल्य सहयोग गर्नुृका साथै थारु समुदायको मौलक कला, संस्कृति , संस्कार , ऐतिहाँसिक धरोहार पर्व लगायत पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धनमा भुमिका निर्वाह गरेकाले सम्मान गरेको बताएको छ ।  

330933165_447773767492015_5429218191234845946_n (1)

संस्थाले बार्षिक उत्सवकै अवसरमा आफ्ना सल्लाहाकार केसीलाल चौधरी, रामधुनी नगरपालिकाकी निवर्तमान उपमेयर सविना चौधरी, उपमेयर तारा थापा, नगरप्रमुख शंकरलाल चौधरीलाई समेत सम्मान गरेको छ । 

साधारण सभामा उपस्थित पत्रकार तथा अतिथीहरुलाई संस्थाकी अध्यक्ष सिता चौधरी थारुले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेकी थिइन । 

सम्मान पत्रमा संस्थाकी सचिव सनम चौधरी, अध्यक्ष सिता चौधरी र प्रमुख अतिथी रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले हस्ताक्षर गरेका छन्  ।

331391587_1423287341409496_3652652538591847766_n