धरानः रवि लामिछानेले गृहमन्त्री नभई नहुने अडानका साथ सरकारबाट बाहिरिएपछि धरानका मेयर हर्क साम्पाङ्ग राईले व्यंङ्ग गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् ।
मेयर साम्पाङ्गले आज बिहान आफ्नो आधिकारिक फेसबुकमा पोस्ट गर्दै ‘मन्त्रीहरुले पनि ठुला ठुला ढुङ्गा बोक्ने नियम लागु गर्यो भने मलाई लाग्छ कोही मन्त्री बन्न मरिहत्ते गर्ने छैनन् Û ’भन्दै स्टाटस पोस्ट गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णयसँगै हिजो गरेको बिशेष पत्रकार सम्मेलनको निकै चर्चा चलिरहेको छ । पार्टीका सभापति रबि लामिछानेको नागरिकता सम्बन्धि अदालतको फैसलाले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद समेत खारेज गरिदिएको थियो ।
नागरिकता लिएपछि गृहमन्त्री आफुलाई बनाउन निकै दौडधुप गरेका रबिले आफ्नो पार्टीका अन्य सांसदलाई भएपनि गृहमन्त्री हुनुपर्ने अडाल सफल नभएपछि हिजो कुन्ठा पोख्दै गरिएको पत्रकार सम्मेलनले प्रस्टाएको छ । सोही कुरालाई लिएर मन्त्री हुनैपर्छ भन्ने अडानलाई व्यंग्य गर्दै धरानका मेयर साम्पाङ्गले सामाजिक संजालमा पोस्ट गरेका हुन् ।
उनले भनेका छन्‘प्रधान मन्त्रीले सबै भन्दा ठूलो ढुङ्गा बोक्ने अनि मन्त्रीहरुले पनि ठुला ठुला ढुङ्गा बोक्ने नियम लागु गर्यो भने मलाई लाग्छ कोही मन्त्री बन्न मरिहत्ते गर्ने छैनन यो नियम अनिवार्य लगाउनु पर्छ Û सपथ पनि त्यसरी नै Û
खुवाउनु पर्छ Û नेता बन्नलाई अनिवार्य ढुङ्गा बोक्ने नियम लागु गर्न सके लन्ठै साफ Û भन्दै स्टाटस पोस्ट गरेका छन् ।
पत्रकार तथा मिडिया हाउसहरुलाई गाली गर्दै सहि पत्रकारिता गर्न रविले सिकाएको पाठ अहिले निकै चर्चाको विषय बनेको छ ।