प्रकाश बन्जारा 

इटहरीः इटहरी उद्योग बाणिज्य संघको यहि माघ २८ गते नयाँ कार्यसमितिको लागि निर्वाचन मिति तोकिएपछि व्यावसायी बीच चुनावी माहोल तातेको छ ।  

भिम पौडेल नेतृत्वको उद्योग वाणिज्य संघको कार्यकाल तीन बर्ष भन्दा बढि भएपछि गत १४ गते तोकिएको निर्वाचन साधारण सभाले २८ गतेलाई तोकेको थियो । 

आगामी कार्यकालको लागि उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व सम्हाल्न चार जना व्यापारीले उम्मेद्वारी मनोनयन गराएका छन् । 

अध्यक्ष सहित १९ जनाको कार्यसमिती रहने उद्योग वाणिज्य संघमा अध्यक्षको लागि इटहरीकी व्यावसायी गायत्री कट्वाल भण्डारी, रन्जु सिग्देल , होटल व्यावसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली र होटल व्यवसायी मणिन्द्र कट्वालले अध्यक्षको लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । 

सबै पक्ष र क्षेत्रका व्यावसायीको टोलीका साथ आफ्नो मनोनयन दर्ता गराउन उद्योग वाणिज्य संघमा पुगेका जीवन पराजुलीले आफु ढुक्कले तीन बर्ष व्यावसायीका लागि काम गर्ने र व्यावसायीले भोगेका कर लगायतका समस्याको समाधानमा उद्योग वाणिज्य संघले अभिभावकको भुमिका निर्वाह गर्ने बताए । उनले आफुले काम गर्न नसके एक बर्षमै व्यावसायीलाई अघि राखेर राजिनामा दिने समेत बताए । 

328695732_1576662886116376_3023189794905688766_n

बिहिबार तोकिएको मनोनयनका लागि ११ बजेनै उद्योग बाणिज्य संघको सचिवालयमा पुगेको व्यापारी मणिन्द्र कट्वालले एक नम्बरमै मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्दै गर्दा कट्वालले उद्योग वाणिज्य संघमा धेरै वेथिती बढेको भन्दै पार्टीगत भन्दा पनि स्वतन्त्र हिसावले नेतृत्वका लागि अगाडि बढ्नु पर्ने बताए । 

उनले आफुले टिम बनाएर अगाडि बढ्ने इच्छा जाहेर गरेको भएता पनि धेरै व्यावसायीको सदस्यता नविकरण नै नभएका कारण पनि आफ्नो उम्मेद्वारी एकल हुन गएको बताए । 

अध्यक्षकै उम्मेद्वारी दर्ता गर्दै व्यावसायी रन्जु सिग्देलले व्यावसायीको हितका लागि आफ्नो नेतृत्वले काम गर्ने बताइन । उनले इटहरीमा रहेका आम उद्योगी तथा व्यावसायीको हितका लागि काम गर्ने र समस्त समस्याको समाधानमा आफु लागि पर्ने सिग्देलको भनाई छ । 

328668603_3437682466451735_7300294409318185758_n

यता अध्यक्षकै लागि उम्मेद्वारी दर्ता गराएकी गायत्री भण्डारीले पनि आफुले इटहरी उद्योग वाणिज्य संघमा पिएचडि गरिसकेका कारण व्यावसायीका समस्या बुझेको र उनिहरुकै समस्याको समाधानका लागि आफ्नो उम्मेद्वारी रहेको बताइन । 

निर्वाचन समितिले माघ २० र २१ गते सम्म उम्मेद्वारीको दावी बिरोध र उम्मेद्वारी फिर्ता लिने समय तोकेको छ भने २२ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र २८ गते निर्वाचन सफल गरेर सोही दिन मतगणना सक्ने तयारीमा लागेको निर्वाचन अधिकृत विश्व प्रसाद रिजालले जानकारी दिए ।

328964941_882398483079101_8656379699576145143_n