इटहरीः नेपाल रेडक्रस सोसाईटी इटहरीको अध्यक्षमा दिनेश कुमार भट्टराई सर्वसम्मत छानिएका छन् ।
सोमबार भएको रेडक्रस सोसाईटी इटहरीको साधारण सभाले भट्टराईलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । यस अघि बिमल पौडेल रेडक्रस सोसाइटी इटहरीको अध्यक्ष रहेका थिए । यस्तै गरी नयाँ कार्यसमितिको उपाध्यक्षमा गिता श्रेष्ठ, सचिवमा संजिव ढुंगाना, कोषाध्यक्षमा परशुराम दुलाल, उपसचिवमा हरि प्रसाद तिम्सिना, उप कोषाध्यक्षका डा. खगेन्द्र ओली निर्विरोध चयन भएका हुन ।
संस्थाको अध्यक्षमा महिला तर्फ कमला निरौला, अन्य सदस्यहरुमा दिव्यराज गुरुङ्ग, नरेन्द्र अग्रवाल, यमुना गुरागाई र नकुलसिंह ठकुरी निर्वाचित भएका छन् । कार्यसमितिका ११ जना सबै निर्विरोध भएको निर्वाचन अधिकृत मुकुल कायस्थले जानकारी दिएका छन् ।