इटहरीः जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी  घोषित भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिला कार्यसम्पादनको आधारमा उत्कृष्ट प्रहरी घोषित गर्ने गरेकोमा पौष महिनाको उत्कृष्टमा गुरुङ्गव र कालाखेती घोषित भएका हुन । 

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै प्रदेश प्रहरी कार्यलयले उनिहरुलाई पुरस्कृत गरेको हो । 

 उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिइएको, लिम्चुङबुङ गाउपालिका–२ कि अपाङ्गता महिलालाई पटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुर बमोजिमको मुद्धा दायर गरी पिडित महिलाको उद्धार गर्न भुमिका निर्वाह भन्दै प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङलाई र मोरङको बिराटनगर–७ जलजला चौक स्थितबाट बिराटनगर महानगरपालिका–१७ का रवी प्रकाश साहलाई श्रोत नखुलेको नेपाली रकम ७ लाख ९ हजार र को २९ प ७९८४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरेको भन्दै प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेतीलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो । 

 प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।