इटहरीः  इटहरीमा सञ्चालन भएको  प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी पहिलो पटक सुदुरपश्चिमले जितेको छ ।

 इटहरीमा शनिवार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । 

जनता पार्क मैदानमा जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउदै पूरा गरेको थियो । खेलमा  सुदुर पस्चिम प्रदेशकी कविता जोशी २० बलमा १ चौका र १ छक्का सहित १९ रन बनाएकी थिइन भने सम्झना खड्का ३३ बलमा २ चौका सहित २७ रन बनाएकी थिइन  । डली भट्ट १६ बलमा १ चौका र २ छक्का सहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भएका थिए  ।

 प्रदेश १ को लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो । 

326899517_3426591190945899_1942258974812858157_n

  प्रतियोगितामा कविता कुवरले बिधागत पुरस्कारमा बर्चश्व कायम राखिन । उनले स्कुटरसगै प्रमुख दुई अवार्ड जितिन । कविताले उदयमान खेलाडीको रुपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मुल्यको स्कुटर पाइन । 

कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार नगद पुरस्कार पाइन । सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुदै नगद २० हजार पुरस्कार पाइन । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश १ ले तीन लाख प्राप्त गरेको छ ।