पोखराः अमेरिकाबाट परिवारलाई थाहै नदिई सप्राइज दिन बाग्लुङ्गँ जाँदै गरेकी बन्दना सुनारको परिवारलाई गएको आइबार नराम्रो सरप्राइज भयो । 

आफ्ना परिवारलाई सप्राइज दिन अमेरिकाबाट आएकी बन्दना काठमाण्डौबाट पोखराको लागि यति एयरलायन्सको जहाजबाट गत आइतबार विहान यात्रा गर्दै थिइन । 

काठमाडौंबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बागलुङ गलकोटकी बन्दना सुनारको बिहीबार अन्त्येष्टि गरिएको छ । 

उनको बिहीबार बागलुङको गलकोट नरेठाँटीमा अन्त्येष्टि गरिएको हो । अमेरिकामा बस्दै आएकी २० वर्षीया बन्दना आफ्ना हजुरबुबा र साथीहरूलाई सप्राइज दिन गलकोट जाने क्रममा आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकी हुन्।

७२ जनाको ज्यान गएको उक्त घटनामा बन्दनाका परिवारको लागि कालो दिन थियो भने अन्य सयौँ परिवारको लागि पनि त्यस्तै । 

 सानैदेखि गीत गाउँने बन्दनाले १३ वर्षको उमेरमा उनका बुबाले तयार पारेको गीत गाएकी थिइन्। उनले ‘उठ उठ नेपाली हो, नेपाली सान जोगाउन कसैको सामु नझुक’ भन्ने गीत पनि रेकर्डिङ गरेकी थिइन्। 

भर्खर प्लस टु सकेर बन्दनाले नर्सिङको तयारी गरिरहेकी बन्दना नर्सिङको तयारी गरिरहँदा समय निकालेर बिरामी हजुरआमालाई भेट्न नेपाल आएकी थिइन् ।  उनकी हजुरआमा काठमाडौंमै उपचाररत छन्। उनका बुबाको ५ वर्षअघि अमेरिकामै मृत्यु भएको थियो।

१० दिन अघि काठमाडौं आएकी उनी बिरामी हजुरआमासँगै अस्पतालसमेत बसेकी थिइन्। उनले आफ्नी आमा, फुपुलगायतलाई भेटेर हजुरबुबालाई सप्राइज दिनका लागि आइतबार बिहान कसैलाई नभनी पोखरा हुँदै गलकोट जाँदै थिइन्। नर्सिङ कक्षाको तयारी पनि उनी नेपाल आउँदा अनलाइनमार्फत नै गरिरहेकी थिइन्।

सानैदेखि गीत गाउने उनी आफ्नो बुबाको सिर्जनालाई गीतमा बदल्ने ठूलो सपना बोकेकी थिइन्।