इटहरीः प्रहरीले विराटनगरबाट नगद ७ लाख ९ हजार रुपैँया सहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको रकम सहित ६२ लाख ११ हजार २३५ रुपैँया बराबरको रकम बराबरको बैँकको डिपोजिट भौचर र ६ लाख बराबरको काटिएको चेक समेत बरामद गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १८ का ३६ बर्षीय रविप्रकाश साह रहेका छन् ।
साहलाई प्रहरीले को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा रहेको बेला विराटनगर–७ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला परेको हो । उनको साथबाट विभिन्न बैंकका १४ वटा एटिएम कार्ड र ९ थान चेक पनि फेला परेको मोरङ्ग प्रहरीका प्रवत्ता दिपक श्रेष्ठले बताएका छन् । साहको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।