नमिन ढकाल

इलामः इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । 

पालिकाले स्वीस सरकार सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमसंगको सहकार्यमा गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पु¥याएको हो । देवानछाप साना किसान कृषि सहकारीले कार्यक्रम संचालन गर्नेछ । ६७ लाख ८५ हजार रुपैयाको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैया उपलब्ध गराउनेछ ।

पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन् । देवानछाप सानाकिसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ्ग, मार्केटिङ्ग को सबै कार्य गर्ने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । उनका अनुसार यस बर्ष कम्तीमा ३ सय र बढिमा १ हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको छ ।

पहिलो चरणमा ६० जना किसानहरुलाई सहभागी गराइएको छ । आगामी बर्ष वृहत गर्ने लक्ष्य रहेको उनले बताए । पालिका र किसानहरुले प्रदेश–१ का कृषि सचिव मेघनाथ तिम्सिना सहितको टोलीसंग उत्पादन र गुणस्तरको बारेमा छलफल गरेको छ । आधारभुत तालिमपछि उत्पादन प्रक्रिया सुरु गरिने भएको छ । पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमा अर्यालयको उद्योगलाई प्रयोग गरिने भएको छ । चालु आर्थिक बर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको स्याङ्बोले जानकारी दिए ।

322262019_565642995091096_2872919721802874033_n

अहिलेसम्म ब्रान्डको नाम तय भएको छैन् । ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्राण्ड नाम जुराउन अनौपचारिक छलफल जारी रहेको छ । चाडै निष्कर्षमा पुग्छौ ।’ अध्यक्ष स्याङ्बोले भने ‘उत्पादन पश्चात् सहकारी मार्फत सहज संचालन गराउन एउटा कार्यबिधी तयार हुँदैछ । त्यसैगरी विश्लेषण सहित गुन्द्रुकको “ रणनैतिक ब्यापार कार्ययोजना“ तयार हुँदैछ ।’

उनले गुन्द्रुकको विभिन्न बिषयमा खोज हुने भएकोले नेपालको ठूलो बौद्धिक सम्पत्ति हुनेमा बिश्वास रहेको बताए । गाउँपालिकाले चालू वर्ष स्थानीय किसानलाई गुन्द्रुक उत्पादनका लागि सहयोग गर्दैछ। र, जति उत्पादन हुन्छ, त्यसको बजारीकरणको बाटो पनि देखाउँदैछ । गाउँ–गाउँका होम–स्टे, बजारका होटल र सहरतिरका घरमा पनि गुन्द्रुकको माग बढ्दै गएपछि रोङले यसको प्रवद्र्धनमा किसानलाई सहयोग गर्ने योजना ल्याएको स्याङ्बोले बताए ।

गुन्द्रुक उत्पादनमा किसानलाई सहुलियत दिने र उनीहरूले उत्पादन गरेको सबै गुन्द्रुक गाउँपालिकाले नै बिक्रीको जिम्मासमेत लिने गरी कार्यक्रम ल्याएको उनले बताए । उनका अनुसार नयाँ जातको फलफूल खेतीमा किसानको प्राविधिक ज्ञान र सीप बढाउने, बढी लगानी हुने तर गुन्द्रुक उत्पादनमा त्यस्तो लगानी गर्न नपर्ने बताए । ‘गुन्द्रुक कसरी उत्पादन गर्ने भन्नेबारे किसान जानकार छन्, त्यसैले हामीले त्यसका लागि लगानी गर्नुपर्दैन,’ उनले भने, ‘किसानसँगै ज्ञान र सीप भएको बाली उत्पादन गरेर उनीहरूको आर्थिक उपार्जन गर्न गुन्द्रुक एउटा माध्यम बन्नसक्छ ।’

उनले किसानलाई जलवायु अनुकुलन प्रकृतिको खेतीमा प्रोत्साहन गर्ने नीति अनुसार मौलिक रुपमा प्रयोग हुँदै आएको गुन्द्रुक र सिन्कीलाई बजारीकरण गर्ने प्रयास भएको बताए । स्याङ्बोले उत्पादन पुर्बको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानिय सरकार बिच सहकारीपछि कृषि पशु कार्यक्रम गरिने बताए । किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको बिकास गर्नुका साथै अनिवार्य कृषि ,पशु बिमा लागू गर्ने बताए ।

किसानहरुको उत्पादनपछि परिणाममा अनुदान दिने योजना अघि बढाइने बताए । हरेक बर्ष एक÷दुई वटा उत्पादनलाई प्रबद्र्धन गर्ने गाउँपालिकाले लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनले आत्मनिर्भर बनाएर निर्यात गर्ने बताए । 

चालूू वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ ।