-देवराज कार्की"मिलन"
घना जंगलमा बाघको राज्य थियो। आहरा खोज्न उनीहरुलाई धौधौ पर्थ्यो। पाटे बाघ थोरै तर ठुला थिए। पाङ्ग्रे धेरै थिए तर नस्ल नै स्यानो जात पनि चितुवा।
अर्को जंगलमा बाख्रा बोकाहरुको राज्य थियो। एउटा बोको महसुर थियो। एक दिन त्यो बोकाले सबै बास बस्ने समयमा कुरो निकाल्यो।
- "अब म पल्लो जंगलमा गएर बाघलाई उल्लु बनाएर छक्याएर आउछु।" बोकाको कुरो सबै बाख्राले हासेर उडाए।
घोर्ली बाख्रीले हास्दै भनी " त जतिसुकै ठूलो बलियो भएर केही नाप्दैनस्। आखिर हामी बाघको आहारा हुन्छौ"
- "लौ हेर्दै जाओ तिमिहरु म एक चमत्कार गर्छु।" घमण्डी बोकाले भन्यो।
" अब भनेको मान्दैनस् भने तेरो खुशी गर। बाघको बथानमा गएर उनिहरुको खान्की चि नबनिनु। हाम्रो भनाई यति मात्र हो।" सबै बाख्राको एउटै स्वर थियो।
उता बाघको राज्यामा सबै भन्दा जेठो बाघलाई मुखिया बनाएका थिए। निकै दिन देखि आहाराको खोजीमा बाघहरु भौतारी रहेका थिए। कतै बाट एउटा बाह्रसिंगे हरिण पर बाट हिड्दै गरेको देखे । बाघलाई के खोज्छस् कानो आँखा भने झै भयो।
मुखिया गर्ज्यो र भन्यो" लौ त्यो शिकार छोड्नु हुदैन।" उ पनि कुद्यो अनि सबै बाघ शिकारको पछि दौडिए। सबै बाघहरु बेजोड भाग्दै गरेको हरिणलाई लखेट्न थाले। धेरै बेरको भाग दौड पछि हरिण मारेर मासु लुछदै खान थाले।
पल्लो जंगलको घमण्डी बोको एक्लै मीठो मीठो घाँस खोज्दै चर्दै खोल्सी तिर लाग्यो। खोल्सोको बिचमा बाघ जस्तो देख्यो। " अब लुक्दै गएर हेर्नू पर्यो।" मनमनै बिचार गर्यो।
लुसुक्क लुकेर गयो बोको। बाघको मुखिया त लहरामा अल्झेर मरेको रहेछ। अनि निर्धक्क भएर त्यहा गयो।
" अब मरेको बाघको खाल निकाल्छु। लगाउछु र बाघको झुन्डमा गएर राज गर्छु।" उसले दुस्साहस गर्यो। न भन्दै त्यसै गर्यो।
बोकाले बाघको खाल लगायो। मज्जाले चर्यो र अघायो। अनि बाधको बस्ती तिर लाग्यो।
सबै बाघहरु साँझमा त्यही मुखियाको वरिपरि बसे र रात बिताए। एबं प्रकारले दिन बित्यो।
एक दिन भयङ्कर ठूलो बिपत्ति आइलाग्यो। सबै गर्जिदै कुद्दै गर्दै थिए। त्यो बोकाले आत्तिएका बेला सबै कुरो भुलेर बोकाकै स्वरमा करायो " प्या... प्या...।"
आतेसका बेला भए पनि बाठो बाघले मनमनै सोच्यो "त्यो खाल भित्र त बाख्रो कराउछ"। मुखिया कसरी बाख्रा भयो। त्यो खतरापूर्ण अवस्था पार गरे। सिकारी आएर आक्रमण गरेको रहेछ। ज्यान सबैले बचाए।
भोलि पल्ट सबै बाघ चौरमा जम्मा भए। बाठो बाघले त्यो मुखिया बाहेकलाई सबै कुरो भनी सकेको थियो।
" अब हाम्रो झुन्डको आज आवाज परिक्षण गर्नु पर्छ। सत्रुले आक्रमण गर्दा को सबैभन्दा ठिलो आवजले गर्जन सक्छ।" बाठो बाघले प्रस्ताव गर्यो।
" लौ हुन्छ। " सबै बाधले समर्थन जनाए।
सबै बाघ गोलो घेरा बनाएर बसे। मुखियालाई बिचमा राखे।
बाघको खाल ओडेको बोकाको होस् गुम भैसक्न लाग्यो। झोक्राएको जस्तो गर्न थाल्यो।
पाटे बाघ गर्जियो " अब यो कामको शुरुआत मुखिया बाट गर्नु पर्छ। "
" हुन्छ हुन्छ।" सबैले समर्थन जनाए।
भाग्ने पनि बोकाले उपाए देखेन। अनि मनमनै संझ्यो " साथीहरूको कुरो नमान्दा अब मरिने भैयो।"
" खै मुखिया गर्जनु पर्यो।" सबै बाघ कराए।
डरले बोको " प्या...प्या...।" गर्दै करायो। धोका दिने त्यो बोकाको खाल सबै बाघले लुछलाछ पारे। बाघको छाला निकाले पछि त्यो ठूलो बोकामा रुपान्तरण भयो।
बाघहरुले एकसाथ आक्रमण गरेर त्यो बोका मारे अनि आनन्द संग आफ्नो भोक मेटाए।
उता बाख्राको झुन्डले घमण्डि बोकालाई बाघले आहारा बनाएको थाहा पाए। एउटि बुढी बाख्रीले समुहमा प्रस्ताव राखी " जे भए पनि त्यो हाम्रो झुन्डको सान थियो। भनाइ मानेन र मर्यो। अब शोकसभा गर्नु पर्छ।" सबै बाख्रा बाख्रीले सहमती ताली ठोके।
छालफल पछि भोलि दिउसो शोकसभाको आयोजना गर्ने निर्णय भयो।
भोलिपल्ट जंगलको बिचमा शोकसभा सुरु भयो।
उद्घोषकले सभा सुरु गर्यो। बृद्ध बाख्रीलाई उक्त सभाको अध्यक्ष राखे।
उद्घोषकले भन्यो " हाम्रो यो शोकसभा धेरै लामो हुदैन। केवल सबैले त्यो बाघको आहारा भएको घमन्डी बोकाको संझना र श्रद्धाञ्जली मात्रै हुने हो।"
शोक मन्तव्य दिन शुरु भयो। बाख्राको झुन्डको अलि बुज्रुक अधबैंसे बाख्रीलाई मन्चमा आउन उद्घोषकले भन्यो" अब घोर्ले बाख्रीले आफ्नो शोक मन्तव्य राख्न आग्रह गर्दछु।"
शान्त र मलिन घोर्ले बाख्री मन्चमा गएर भन्न थाली " सर्बप्रथम हाम्रो झुन्डको तर्फबाट बोकालाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उसको मृत्यु हाम्रो सल्लाह नमानेर उसैको घमण्डले भएको हो।"
उसले अरु थपी " अब हामी कुनै पनि काम गर्दा बैठक गरेर निर्णय गरेर मात्रै अधि बढ्नु पर्छ। बैठक बाट जो भाग्छ आउदैन र आफू खुशी गर्छ त्यसको अन्त्य पनि दु:खद हुन्छ जस्तो कि बोकाको भयो।घमण्ड र आफू मात्रै जान्ने हुनुहुदैन। अनुशासन पनि मान्नु पर्छ।"
सबैले घोर्ली बाख्रीको कुरोको समर्थन गर्दै शोकसभाको अन्त्य गरे।
आफ्नो औकात भन्दा ज्यादा गर्नु हुदैन।अरुलाई धोका दिन्छु भन्दा आफै बिलखबन्दमा परिन्छ।आफुले खनेको खाडलमा बाघको खाल ओडेको बोको जस्तै परिन्छ।