इटहरीः ग्लोवल आईएमई बैंक लिमिटेडले घरमै बसिबसि डिजिटल बैंकिङ्गबाट सेवा लिन ग्राहकलाई अभिप्रेरित गर्ने उद्देश्यले रामधुनीको झुम्कामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

श्ुाक्रबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा आयोजना गरिएको सचेतना कार्यक्रममा ८ दर्जन भन्दा बढि सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको शुरुवात गर्दै ग्लोवल आईएमई बैंक झुम्काका शाखा प्रबन्धक विनोद कार्कीले बैंकको झुम्का शाखाले दिइरहेको सेवाको बारेमा जानकारी गराएका थिए  । प्रदेश कार्यलय विराटनगरका प्रबन्धक निश्चल अधिकारीले डिजिटल बैंकिङ्गको माध्यमबाट कसरी सहज र सरल बैंकिङ्ग सेवा सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा सेवाग्राहीलाई जानकारी गराएका थिए । 

विश्वका तीन देश युके, भारत र अष्ट्रेलियामा सम्पर्क कार्यलय भएको नेपालको एकमात्र वाणिज्य बैंक ग्लोवल आईएमई रहेको बताउँदै बैंकका प्रदेश प्रमुख अधिकारीले बैंकिङ्ग सेवा लिन बैंक आउनै पर्ने बाध्यता हराउँदै गएको बताए । उनले ग्लोवल आईएमईले घरमै बसिबसि अनलाइनबाटै बैंक खाता खोल्नेदेखि लिएर भिडियो कलमार्फत केवाईसी भेरिफाइ गर्ने काम समेत बैंकले गर्ने भएकाले अव डिजिटल बैंकिङ्ग तर्फ ध्यान दिन ग्राहकलाई आग्रह गरेका थिए । 

ग्लोवल आर्ईएमई देशकै सबैभन्दा बढि रेमिट्यान्स भित्राउने बैंकको रुपमा स्थापित भइसकेको बताउँदै अधिकारीले ७७ वटै जिल्लामा शाखा कार्यलय भएको २९२ शाखा कार्यलय, २८३ शाखा रहित बैंकिङ्ग तथा ५२ एक्टेन्सन काउन्टरबाट बैंकको सेवा लिन सकिने बताए । 

२०१४ को बैंक अफ द इयर, २०१६ को वेष्ट इन्टरनेट बैंक , २०१८ को बेष्ट इम्प्लोयर र युरो मनि एक्सिलेन्स अवार्ड समेत पाएको ग्लोवल आईएमइमा रहेको बिभिन्न खाता र सुविधाको बारेमा पनि कार्यक्रममा जानकारी गराइएको थियो । 

कार्यक्रम अघिल्लो बर्ष भन्दा परिस्कृत र भव्य भएको झुम्का शाखाका महेश्वर दाहालले जानकारी दिए । बैंकले डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता अन्तर्गत सचेतना कार्यक्रम आयोजना गरेको थियो ।