दुर्गा उप्रेती

दिदि तिमी र मैले जन्म दिन मनाउँदा 

कसैको आसु नझरोस् । 

रमाइलोको नाममा मासु खाने निहुँले 

कसैको ज्यान नमरोस् । 

318802359_798351471258416_3697866316622886096_n


शिरमा आर्शिवादले अनी मनमा मायाले भरियोस् । 

जन्म दिनको नाममा तड़क भड़क होइन

गरिब दु:खीको पेटमा खाना पुगोस् भन्ने सोच आओस् । 

नास्तिक भई हातमा रक्सीको ग्लास होइन

आस्तिक भई योग ध्यान जप र तप मा तिम्रो मन जाओस् । 

दिदि तिमीलाई जन्म दिनको शुभ–कमाना । 


तिमीले गर्ने समाजिक कामले सागरमाथाको चुचुरो चुमोस् । 

सधै गरीब दु:खीको आवाज बोल्ने तिम्रो आवाज अझ दह्रो र ठुलो भएर बोलोस् । 

दिदि तिमीलाई जन्म दिन को शुभ–कमाना ।

मेल्बर्न

अष्ट्रेलिया