इटहरीः सामुहिक कुटपिट पछि घाइते भएर एक महिना पछि मृत्यु भएकी धनकुटा घर भई धरान डेरा गरि बस्ने उषा राईका छोरीलाई इटहरीकी श्रमजिवी महिला सरिता कार्की लामाले आर्थिक सहयोग गरेकी छन् । 

श्रमिक महिला नेतृ तथा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संघकी केन्द्रिय सदस्य समेत रहेकी कार्कीले मंगलबार मृतक उषा राईको घरमै गएर परिवारमा समवेदना प्रकट गर्दै बालिकाहरुको लागि आर्थिक सहयोग प्रदान गरेकी हुन ।  

सामुहिक कुटपिट पछि गम्भिर घाइते बनेकी उषाको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको थियो । 

धनकुटा घर भई धरान १३ मा बसोबार गर्दै आइरहेकी एकल महिला समेत रहेकी उषा सिलाई कटाईको काम गरेर परिवार पाल्दै आइरहेकी थिइन भने छोरीहरुलाई समेत पढाई रहेकी थिइन । 

आमाको मृत्यु पछि बाबा समेत नभएका छोरीहरुको बिचल्ली भएको भन्दै श्रमिक महिला नेतृ कार्कीले आफुले तत्कालको अवस्थामा सकेको सहयोग दश हजार रुपैँया प्रदान गरेको बताएकी छन् ।