इटहरीः आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिक मत परिणाम केलाउने क्रममा प्रत्यक्ष तर्फ कांग्रेसले धेरै ठाउँमा जित निकालेको छ भने समानुपातिकमा भने नेकपा एमालेको अग्रता कायमै छ । 

सत्ता गठबन्धन भएता पनि कार्यकर्ता र जनताले समानुपातिकमा आफ्नो पार्टीलाई नै मत दिन्छन् । समानुपातिक मत परिणाम अनुसार  प्रतिनिधि सभातर्फ नेकपा  एमाले सबैभन्दा अगाडि छ । एमालेले अहिले सम्म  २ लाख १० हजार ३८३ समानुपातिक मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा हरेको नेपाली काग्रेसले 

१ लाख ८७ हजार २ सय ७५ समानुपातिक मत ल्याएको यता भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ९७ हजार ७ सय ५ मतका साथ तेस्रो स्थान बनाएको छ ।  समानुपातिक मतको आधारमा नेकपा माओवादी केन्द्र चौथो छ । माओवादीले ८६ हजार ९६३ समानुपातिक मत पाएको छ भने पाँचौमा  राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० हजार ३४५ समानुपातिक मत पाएको छ । यता जनता समाजवादी पार्टी नेपालको समानुपातिक मत १५ हजार ९८८ छ भने मधेशमा उदाएको जनमत पार्टीको समानुपातिक मत १५ हजार ६६१ छ । 

जनमत पार्टी भन्दा अर्को स्थानमा नेपाल मजदुर किसान पार्टी छ । मजदुर किसान पार्टीले हालसम्मको मत परिणाम अनुसार १२ हजार ८३४ मत छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले दश हजार ९१९ समानुपातिक मत ल्याएको छ ।