राजन भट्टराई

रामधुनीः रामधुनी ५ का सन्तोष बन्जारा जतिखेर उनको उमेरले १९/२० टेक्दैथियो ।  उनको मनमा बिदेश जाने र  मनग्ये सम्पति आर्जन गर्ने सोचले मनमा हुटहुटी जमाईसकेको थियो । खोटाङ्ग जिल्लाको सुन्तले गाविसमा जन्मेका बन्जारा आफनौ खेत बारीमा काम गर्दै गाउँकै बिद्यालयमा पढेका उनले सो बेला देशमा केही काम गर्ने आट गर्न  नै सकेनन् ।

ramnarayan chaudhary suvakamana-01

आफ्ना दौतेरीहरु गलामा माला लगाएर मनभरी माया र धेरै धन कमाउने जोस लिएर हिँडेको देख्दा उनको मनले कहाँ मान्थियो र , उनले पनि सोही बाटोमा होमिने निधो गरे अनुसार पैंसा कमाउने सपना बोकेर कतार हिँडे । 

करिब तीन वर्ष कतारको बसाई पछि  उनि घर फर्के । सोचेजस्तो कमाई हुन नसके भन्दै उनी फेरी नयाँ  सोच र नयाँ जोस लिएर दुबई जाने निर्णय गरे । करिब तीन वर्ष दुबईको बसाई पछि उनी पुनः देश फर्के । केही धन र वैदेशिक बितृष्णा बोकेर घर फर्केका बन्जराले त्यसपछि भने देशमै बसेर केही काम गर्ने निर्णय गरे ।

313511636_525958622876533_1302928922739548325_n

छ बर्ष वैदेशिक रोजारको क्रममा बिदेशमा बिताएका बन्जाराले रामधुनी २ शिवनगरमा २६ कठ्ठा जमिन लिजका लिएर कृषि फर्म सञ्चालन गर्ने निर्णयमा पुगे । दुई वर्ष अघि ५० लाख बैंकबाट ऋण लिएर ‘न्यु बन्जारा कृषि फर्म’ दर्ता गरेर व्यवसायमा प्रवेश गरे ।  उनले फर्ममा टर्की, उन्नत जातका बाख्रा, वंगुर, लेयर्स कुखुरा र माछा लगाए । अहिले उनले बाख्रा, टर्र्कीलाई आबश्यक संरचना, घाँस र दानाको ब्यवस्था,बजार व्यवस्थापन जस्ता कार्य गर्न नसक्दा व्यवसाय बन्द गर्नु पर्यो । सामान्य कृषि तलिम पनि नलिएका बन्जाराले माछा र बंगुरबाट पनि पछि हट्ने निर्णय गरिसकेको बताए ।

बन्जाराको फर्ममा अहिले २२ सय लेयर्स कुखुरा, चार कठ्ठामा माछा पोखरी र करिब ३८ वटा बंगुर पालेका छन् । बंगुर र माछामा गरि मासिक करिब तीन लाखसम्म घाटा बिहोर्दै आएका उनले कुखुराबाट भने मासिक नौ लाखसम्म  आम्दानी गर्दैै आएका छन् । बन्जारा यतिबेला बंगुर हटाएर दस हजारसंम्म लेयर्स कुखुरा पाल्ने सोचमा छन् ।

313553118_1498135470649460_4282629483912783671_n

अण्डा उत्पादन गरेर राम्रो आम्दानी  हुने हुँदा अरु कुखुरा थप्ने सोचमा पुगेको उनले बताए । दैनिक दुई हजार अण्डा उत्पादन गर्दै आएकोमा  हाल सम्पुर्ण खर्च कटाएर वार्षिक २४ लाखसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ ।   अहिले उनले तीन जना कर्मचारीलाई रोजगार दिएका छन्  भने अन्य घरका सदस्य पनि बेरोजगार भएर बस्नु परेको छैन ।  

छोटो समयमा सफल व्यवसायी तर्फ लम्कदै गर्दा आफु सन्तुष्ट रहेको बन्जाराको सुनाए ।  उनले भने ‘आफ्नै देशमा काम गरेर नाम र दाम दुबै आर्जन गर्न सकिन्छ , अरुको देशमा अरुको अण्डरमा रहेर बाँच्नु भन्दा आफ्नै देशमा बसेर व्यापार व्यवसाय गर्दा विदेश भन्दा राम्रो कमाई गर्न सकिदो रहेछ ।’