धरानः सेतो गुराँस बाल बाटिका धरान ११ को तेस्रो साधरण सभा सम्पन्न भएको छ । शुक्रबार धरान ११ सगरमाथा टोल स्थित बालबाटिकाको हलमा सम्पन्न भएको कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत सचिव संगिता गहतराजले प्रस्तुत गरेका थिए।  आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेखा सुब्बाले प्रस्तुत गर्नु भएको हो ।  भावि योजनाको विषयमा छलफल  गरेपछि प्रतिवेदनहरु सर्व सम्मत अनुमोदन गरिएको थियो । 

कार्यकममा बाल बाटिकालाई सहयोग गर्नु हुने दाता श्री विश्वकर्मा सेवा समाज धरान ११, पूर्ण कुमार लिम्वु , अनिता जिमी याख्खालाई वाल वाटिकाका अध्यक्ष कल्पना राई र वडाध्यक्ष लोकेन्द्र फागोले खदा र सम्मान पत्रले सम्मान गरेका थिए। 

२०५८ सालमा स्थापना भएको बाल बाटिकामा ३ देखि ५ बर्ष सम्मका बाल बालिकाहरुको चौतर्फी विकासका कक्षाहरू सञ्चालित छन् । 

सेतो गुराँस बाल बिकास सेवा सुनसरीको पहलमा पूर्व क्षेत्रकै नमूना र लर्निङ्ग सेन्टर बनाउनेगरी निर्मित गरिएको प्रशिक्षक भिमा राइले बताए। यस केन्द्रको विकासमा वडा नं ११ कार्यालयले पनि धेरै सहयोग गर्दै आएको र निरन्तर सहयोग गर्ने समेत प्रतिवद्धता वडाध्यक्ष लोकेन्द्र फागोले गरेका थिए। 

IMG_20220923_153421

कार्यक्रममा सेतो गुराँस बाल बिकास सेवा सुनसरीका अध्यक्ष सुश्री बिद्या शाक्य, प्रशिक्षकहरु रेखा सुब्वा र भिमा राई , सदस्य मोहन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

उक्त साधरण सभाले को सरित राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा केदार बहादुर राई, सचिवमा संगिता गहतराज, कोषाध्यक्षमा सेतो गुराँस बाल बिकास सेवा सुनसरीको प्रतिनिधि भिमा राई रहनु भएको छ । सदस्यहरूमा अनिता जिमी, सुस्मिता राई, भविना राई चयन गरिएको छ । निर्वतमान अध्यक्षको रुपमा कल्पना राई रहने र सेतो गुराँस बाल विकास सेवा सुनसरी पदेन सदस्य रहने समेत निर्णय भएको छ।  सल्लाहकारहरुमा पूर्ण कुमार लिम्वु,  रेखा लिम्वु, बिद्या शाक्य, मोहन श्रेष्ठ समेत रहेका छन् । 

IMG_20220923_150116

मन्तव्यको क्रममा बालवालिका निमाणका लागि जग्गा खोजी गर्न सहयोग गर्ने मोहन श्रेष्ठ, भवन निमार्णमा लागिपर्ने रेखा लिम्बु र भिमा राई लगायत सहयोग गर्ने सबैलाई कार्यसमितिका नव निर्वाचित अध्यक्षले धन्यवाद ज्ञापन गर्दै बालबाटिकाको घेरावेरा, हल भित्र कारपेट  लगायत अन्य थुप्रै बिकास निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।