इटहरीः कास्कीको पोखरा उपमहानगरपालिकास्थित लेकसाइड, बराही चौकबाट प्रहरीले बैंकको एटीएम चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एटीएम फोडेर पैसा निकाल्ने क्रममा प्रहरीले गएराति उनलाई पक्राउ गरेको हो । अभियुक्तका साथबाट प्रहरीले १ थान खुकुरी फेला पारेको छ ।

पक्रांउ परेका कुमाललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । योसहित जिल्लामा पछिल्लो नौ महिनामा एटीएम चोरी प्रकरणका आठ घटना पुगेका छन् ।