इटहरीः कैलालीको भजनी नगरपालिका ८ बाट बाढीले बगाई बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।

मृत फेला पर्नेमा सोही ठाउँका ५५ वर्षीय कालुराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक वेदप्रकाश जोशीका अनुसार पथरैया नदीको वाडीगैणी नाला छेउको खेतमा चौधरीको शव फेला परेको हो ।

स्टिमर डुङ्गामा इलाका प्रहरी र्काालय भजनीबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमान्डमा खटिएको टोलीले आइतबार दक्षिण खेतमा शव फेला पारेको प्रहरीले जनाएको छ ।