काठमाडौँः  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा  राखेका छन् । बिहिबार काठमाण्डौंको अर्पण व्याकुटमा पार्टीको सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे उनले सो कुरा बताएका हुन् । 

उनले कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै  नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना समेत दिए । 

बिहीबार काठमाण्डौमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा पनि भएको छ  । 

296001963_1168586677064476_1007299390098872068_n1663150426

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी छन् ।   समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया  रहेका छन्  । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।