इटहरीः निर्वाचन आयोगले आसन्न संघ र प्रदेशको चुनावको लागि समानुपातिक पद्धति तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले जारी गरेको सूचनाअनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका असोज २ र ३ गतेलाई लिइएको छ । बन्दसूचीमाथि निर्वाचन आयोगले असोज ४ गतेदेखि ९ गतेसम्म छानविन गर्ने र कानूनअनुसार नभएकोलाई सच्याउन सूचित गर्ने बताएको छ ।

यस्तै, असोज १० देखि १६ गतेसम्म दलहरुले सच्याएर पुनः निर्वाचन आयोगमा पेस गर्न सक्नेछन् । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले हस्ताक्षर गरेको सूचनामा सो कुरा जनाइएको छ ।

306329530_2945714092397693_8417299098868159077_n