अमेरिकाः नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रि«य सम्मेलन ‘सामाजिक अभियानमा सहभागि बनौ’ भन्ने नाराका साथ सेप्टेम्बर १७ र १८ तारिखमा न्यूयोर्कमा हुने भएको छ ।

राष्ट्र्रिय सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख अतिथिको रुपमा अमेरिका निमन्त्रणा गरेको थियो । तर मङ्सिर ४ को चुनावी तयारी लगायतको व्यस्तताले आउने सम्भावना नरहेपछि अनलाइन जुममार्फत् अध्यक्ष नेपालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रमको तय भएको मञ्चका अध्यक्ष टेक गुरुङले बताए ।

‘अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी सशक्त बनाउने भन्नेमा हामी जोड दिन्छौँ ।  त्यस कारण हाइस्कूलमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई पनि प्रोत्साहान गर्न वक्ताको रुपमा राखेका छौँ । हामी पहिलो पुस्ता र नयाँ पुस्ताको बीचको सोचमा नै फरक छ ।’ गुरुङले भने । त्यसलाई सम्वोधन गर्न उद्घाटन कार्यक्रम हाइटेक र छरितो बनाउने’ अध्यक्ष गुरुङले बताए।

Screenshot_20220905-194301_Messenger

सम्मेलन आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न दश वटा विभागहरु बनाएर तयारी भइरहेको छ । २५ राज्यबाट एक सय जनाभन्दा बढी सम्मेलनका प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले जानकारी दिए ।