इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


गार्मेन्ट उद्योगमा विद्युत् लाइन जडान तथा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस मागेर लिएको आरोपमा आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।


आयोगका अनुसार उद्योगमा विद्युत् लाइन जडानका लागि सहजीकरण गर्न यादवले घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट टोली खटिएको थियो। टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

WhatsApp Image 2026-10-05 at 19.28.06


अनुसन्धानका क्रममा यादवले आफ्नो जिम्मेवारीअन्तर्गत पर्ने विद्युत् लाइन जडानको काममा जानाजान ढिलासुस्ती गरी सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिँदै घुस दिन बाध्य बनाएको देखिएको आयोगको दाबी छ।


आयोगले यादवविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा सोही उपदफाको देहाय ९क० बमोजिम कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।