काठमाडौँः सहकारी विभागले देशभरका सहकारी सँस्थाहरुलाई एक हप्ताभित्र आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मंगलबार एक निर्देशन जारी गर्दै विभागले सम्पूर्ण सहकारी सँस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यहरुलाई सँस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन जारी गरेको हो । 

सँस्थाले सेयर पूँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल सँस्थागत पूँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे सेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।

सहकारी सँस्थाले  हरेक महिना आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन पनि सहकारी विभागले जारी गरेको छ ।

299173330_1741758496181414_3328948910209355715_n