इटहरीः आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार तोलाको ९७ हजार ४०० रुपैयाँमा करोबार भएको छापावाला सुन आज घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यसैगरी, आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यता, सोमबार एक हजार २३५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।