इटहरीः जलविद्युत कम्पनी पिपुल्स पावर लिमिटेडको आईपीओ आज मंगलबारबाट बिक्री गर्न सुरु गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको हो । सोमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा भदौ ५ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ १४ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय सँस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।