इटहरीः एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकले दुर्घटना बीमा अन्तर्गतको भुत्तानी पाएका छन् । 

खतावालाको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभअन्तर्गत मृतक खातावालका परिवारलाई बीमाबापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ३० लाख बीमा रकम भुक्तानी गरिएको छ । बैंकले नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा सञ्चालन गरेको बीमा कार्यक्रमअन्तर्गत तीन जना ग्राहकलाई फरक फरक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेको छ ।  

बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेसेडर बचत खाता खोलेका स्व. शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंकप्रसाद घिमिरेकी श्रीमती डिलीमाया घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसेडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञानबहादुर चौधरीकी श्रीमती अनिता चौधरी छन् । खातावालहरुका हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदूरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक–फरक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

एनआईसी एसिया बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ४ सय ६७ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमाबापत रु. २ करोड ४० लाख, दुर्घटना बीमाबापत रु. ७० लाख र मेडिकल बीमाबापत रु. ३ करोड ३ लाख गरी कुल रु. ६ करोड १३ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।