धरानः ड्रिम मोडलिङ्ग एजेन्सीले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले चुमेका छन् ।

धरान १३ स्थित धरान ब्याङ्क्वेटमा शनिबार आयोजित ग्राण्ड फिनालेमा जुनियर मि. एण्ड मिस धरान सिजन टुको विजेता चुनिएका हुन् । त्यसैगरी, जुनियर मिस्टरतर्फ फस्र्ट रनरअप आशिष नेपाली र सेकेण्ड रनरअप जेसन आचार्य घोषित भए । जुनियर मिस धरानतर्फ फस्ट रनरअप श्रृष्टि विश्वकर्मा र सेकेन्ड रनरअप नामसाङ राई घोषित भए ।

जुनियर मिस्टर एण्ड मिस धरानका विजेताले क्राउनसहित जनही १५ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ५ लाख बराबरको इन्सोरेन्स, ट्र्रफी ,प्रमाणपत्र र गिप्mट ह्याम्पर प्राप्त गरेका छन् । फस्र्ट रनरअपले जनही १० हजार रुपैयाँ, ट्र्रफी, ३ लाख बराबरको इन्स्योरेन्स, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले जनही ५ हजार, २ लाख बराबरको इन्स्योरेन्स, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । विजेता तथा उपविजेताहरुलाई जुनियर मि. एण्ड मिस धरान सिजन वानका विजेताहरुले क्राउन पहिराइदिएका थिए भने मुख्य निर्णायक मिस नेपाल २०१७ निकिता चान्डक, निर्णायक सुमन खड्का, आयोजक ड्रिम मोडलिङ एजेन्सीका सीईओ सौरभराज भण्डारी, कार्यक्रम संयोजक निश्चल पालिखे लगायतले पुरस्कार वितरण गरेका थिए ।

20220814_130223

 यसैगरी प्रतिस्पर्धाको व्याक्तिगत विधामा पुरुषतर्फ मिस्टर पपुलर उपाधि शिशिर विश्वकर्मा, बेस्ट डिसिप्लिनमा प्रिन्स राई, बेस्ट पर्सानालिटि युगल लिम्ब” बेस्ट ड्र«ेस जसम आचार्य, बेस्ट वाक आशीष नेपाली र पव्लिक च्वाइस सन्तोन राई घोषित भए । त्यसैगरी, जुनियर मिस अवार्ड बेस्ट स्माइलमा उपासना कटुवाल, बेस्ट स्टाइलिसमा एलिसा राई, बेस्ट ड्रे्रस एण्ड वाकमा मेनुका कार्की, बेस्ट फिगर प्रतिशा शाक्य, बेस्ट डिसिप्लिनमा आयुषा तामाङ, बेस्ट मोडल आइसा अधिकारी, मिस ट्यालेन्ट नाम्साङ राई र पव्लिक च्वाइसमा सुदीक्षा चौधरी र बेस्ट आइकन नुरङ राई घोषित भए । उनीहरुलाई ट्र्रफी र गिप्mट ह्याम्पर प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य निर्णायकको रुपमा मिस नेपाल २०१७ निकिता चाण्डक, फेसन स्टाइलिस्ट मुमन खड्का, काजी प्रोडक्सनका सीईओ स’शान्तकाजी श्रेष्ठ, इन्टरनेसनल मोडल ग्यालेटसेन शेर्पा र चलचित्र महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधान रहेका थिए ।

कार्यक्रममा प्रमुख अथिति धरान इलाका प्रशासन कार्यलयका प्रमुख चुणराज भट्टराई, विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान ३ न. वडाध्यक्ष विद्या शाक्य, ९ न. वडाध्यक्ष रुपेश आचार्य, १६ न. वडाधयक्ष मुरारी भट्टराई, धरान इलाका प्रहरी कार्यलय प्रमुख ब’द्ध श्रेष्ठ, सशस्त्र प्रहरी बल धरानका डिएसपी ब’द्धिनारायण चौधरी, धरान ट्राफिक प्रहरी निरीक्षक श्यामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।