इटहरीः वि। सं। २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल छैठौं पटक निर्वाचनमा उठ्न लागेका छन् । पछिल्लो पटक २०७४ सालको आम निर्वाचनमा उनी पाँचौ पटक निर्वाचित भएका थिए । खनालले इलामको निर्वाचन क्षेत्र नं। १ बाट नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका थिए ।

यसपटकको निर्वाचनमा पनि आफू उठ्न लागेको खनालले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा शनिवार बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै खनालले इलामका पाँच पालिकाका जनताले फेरि पनि आफूलाई बोलाइरहेको बताए । इलामको क्षेत्र नं १ बाट निर्वाचन जितेर उनले राजधानीमा बसेर राजनीति गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनजस्तै आम निर्वाचनमा पनि जनताले नयाँ अनुहार खोजिरहेका छन् नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले राजनीति उमेरले नगर्ने भन्दै त्यसका लागि विचार र भिजन आबश्यक पर्ने धारणा राखे ।

पूर्वप्रधानमन्त्रीहरुलाई आगामी मंसीर ४ गतेको निर्वाचनमा विदा गर्नुपर्ने आवाजका सम्बन्धमा उनले पूर्व प्रधानमन्त्रीहरुलाई छुट्टी गर्ने लिस्ट कसले बनायो रु कसरी बनायो रु त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले आफूले अहिले नै राजनीतिबाट सन्यास नलिने निर्णय सुनाए ।‘अहिले नै सन्यास लिदिँनँ, विस्तारै विस्तारै राजनीति छोड्छु’ उनले भने । युवा र तन्दुरुस्तलाई मात्र प्राथमिकता दिने हो भने धावक बैकुण्ठ मानन्धरलाई प्रधानमन्त्री बनाए भइहाल्यो नि भन्ने प्रतिप्रश्न गरे ।

स्थानीय तहको निर्वाचनमा जितेका युवा र स्वतन्त्र उम्मेदवारहरुले आफूहरुलाई चुनौती दिएको स्वीकार गर्दै उनले नयाँ जोश लिएर आएका उनीहरु एक–दुई महिनामै थाकिसकेको दावी गरे । बालेन शाहले उठाउन नसकेको फोहोरको थुप्रो हेरेर आफू राजधानीबाट आएको बताउँदै काठमाडौंवासीहरुले बालेन खोई बालेन खोई भन्दै खाजिरहेको दावी गरे । उनले पत्रकारहरुको प्रश्नमा आफूहरुले बालेनलाई काम गर्न कुनै अवरोध नगरेको बताए ।