काठमाडौँः स्थानीय तथा अन्य कसैको अवरोध नभए दैनिक २ सय पचारदेखि ३ सय पचास वटा फोहोरका गाडी काठमाडाँैको फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने मेयर बालेन्द्र साहले बताएका छन् । 

शनिबार १५२ वटा गाडी राजधानीको फोहोर बोकेर बञ्चरेडाँडा पुगेका थिए । मेयर साहले काठमाडौँको मात्र दैनिक ७५ गाडी फोहोर र अन्य पालिकाको दैनिक रुपमा १५० गाडी फाहोर दैनिक रुपमा व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

banchare2

शनिबारबाट फोहोर उठाएर बञ्चरे डाँडामा पुर्याउने कार्य थालिएको भएता पनि यसले नियमितता पाउन केही समय लाग्ने मेयर साहको भनाइ छ । फोहोरले दुर्गन्धित बनाइरहेको राजधानीलाई सफा बनाउन फोहोर व्यावस्थापनमा अवरोध नगर्ने स्थानीय, फोहोर संकलन र व्यावस्थापन गर्ने सफाइ कर्मचारी र अवरोध खुलाउन क्रियशील सुरक्षाकर्मीलाई समेत मेयर साहले धन्यवाद दिएका छन् ।

banchare3

सडोलको अवस्थामा बञ्चरेडाँडालाई कुनै पनि हालतमा नपुर्याउने वाचा गदैै मेयर साहले फोहोरको व्यवस्थापन नभई अन्य विकल्पमा जानु व्यावहारिक कठिनाइ भएको बताएका छन् । ‘सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरवस्था बञ्चरेमा दोहोर्याउने छैनौँ । थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्र बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइरहेका हौँ ।’ मेयर साहले भनेका छन् ।

banchare4

फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि आफ”सँग योजनाहरु भएको बताउँदै मेयर साहले यसको लागि हदैसम्म प्रयास गर्ने बताएका छन्  । ‘हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ ।’ मेयरले भनेका छन् ।

fohor7

fohor6

fohor5

fohor4

fohor3

fohor2

fohor1