इटहरीः यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व साउन २७ गते शुक्रबार अर्थात् भोलि मनाइने भएको छ ।

एकै दिन यी तीनै पर्व मनाइने विषयलाई लिएर भ्रमपूर्ण टिप्पणी गरिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भ्रममा नपर्न जनसाधारणमा अपिल गरेको छ । ऋषितर्पणी, रक्षाबन्धन तथा गाईजात्रा पर्व मनाउनु हाम्रो धर्म, सँस्कृति र परम्पराअनुकूल रहेको भन्दै समितिले यसमा कुनै शङ्का नगरी आफ्नो परम्पराअनुसार गतिविधि गर्न अनुरोध गरेको छ ।

यस वर्षको जस्तै तिथिको अवस्था वि.स. १९९४, २०२४, २०३०, २०३९, २०५५, २०६९ र २०७० मा पनि परेको विषयलाई समितिले नजिरका रुपमा उल्लेख गरेको छ । उदयकाल पूर्णिमाको दिन नै रक्षाबन्धन, उपाकर्म आदि सँस्कार सम्पन्न गर्ने परम्परा रहेको समितिले प्रष्ट पारेको छ ।

298179994_457786552892398_2636532000347554632_n