काठमाडौँः नृत्य र गायन क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएकी कलाकर्मी सविता तामाङलाई जम्बुलिङ इन्टरनेसनल अवार्ड २०२२ प्रदान गरिएको छ । 

गत शुक्रबार सिंगारपुर र मलेसियामा भएको एक विषेश कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । 

नृत्यमा खप्पिस उनी पछिल्लो समय गायन क्षेत्रमा पनि सक्रिय छिन् । उनलाई तामाङ सेलो गीतमार्फत् अवार्ड प्रदान गरिएको आयोजक जम्बुलिङ इन्टरनेसनल फिल्म्सले जनाएको छ । 

tt2

उदयपुर स्थायी घर भई काठमाडौँ बसेर कलाक्षेत्रमा संघर्ष गरिरहेकी उनलाई ओइ डोल्मा  बोलको तामाङ सेलो गीतबाट न्यू सेलो गायन अवार्ड प्रदान गरिएको हो । 

कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डसका सँस्थापक डा. भीमलाल तामाङ र वरिष्ठ कलाकार उत्तम केसीले संयुक्त रुपमा उनलाई अवार्ड प्रदान गरिएको थियो । 

tt3

जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाइबाको साभातित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डसका सँस्थापक डा. भीमलाल तामाङ, विशेष अतिथिमा एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा र बिशेष अतिथिमै नेपाल तामाङ घेदुङ मलेसियका उपाध्यक्ष विक्रम वाइबा तामाङ सहभागी थिए ।

tt4

कार्यक्रममा अवार्ड वितरणसँगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका वरिष्ठ हास्य कलाकार उत्तम केसी (चुईँ चुईँ पारेर) लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट सामाजसेवीको अवार्ड डा. भीमलाल तामाङलाई प्रदान गरिएको थियो ।

tt6

tt5