इटहरीः पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी  १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको ‘इस्टेटमेन्ट’ अनुसार सडक नबनाई रकम हिनामिना गरिएको भन्ने उजुरीका आधारमा उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

तत्कालीन निमित्त कार्यालय प्रमुख राय, इन्जिनियर राम किशोर शाह, सव इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत मोहम्मद दाउद, सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजुकुमार महतोविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।