इटहरीः क वर्गको वित्तीय सेवा प्रदायक सँस्था कृषि विकास बैंक लिमिटेडले मुद्दति निक्षेप योजनाअन्तर्गत हजार राखे लाख पाउने र लाख राखे करोड पाउने योजना सार्वजनिक गरेको छ  ।

 बैंकले लखपति करोडपति धमाका मुद्दति निक्षेप योजनाअन्तरर्गत यस्तो योजना ल्याएको हो । 

लाख पाउन व्यक्तिगत ग्राहकले ५९ हजार ३५५ रुपैयाँ र रेमिट्यान्स ग्राहकले ५६ हजार ६२६ रुपैयाँ जम्मा गर्नुपर्छ भने सो को पाँच वर्षपछि बैंकले एक लाख रुपैयाँ भुक्तानी दिनेछ । त्यस्तै, व्यक्तिगत ग्राहकले ५९ लाख ३५ हजार ५०० र रेमिट्यान्स ग्राहकले ५६ लाख ६२ हजार ६०० रुपैयाँ मुद्दतिमा जम्मा गरेमा ५ वर्षपछि कर कट्टीसहित एकमुष्ठ रु. एक करोड भुक्तानी दिने बैंकले जनाएको छ ।

यसका साथै, यो योजनाअन्तर्गत नै हाल जम्मा गरेको रकमको निश्चित अवधिपछि दुई गुणा, तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ठ भुक्तानी दिने योजनासमेत ल्याइएको बैंकले जनाएको छ । 

 बैंकले यस्तो सुविधा लिने व्यक्तिगत तथा रेमिट्यान्स ग्राहकका लागि क्रेडिट कार्डमा ९० प्रतिशतको लिमिट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट, सिआश्वाको रजिष्ट्रेशन शुल्क निःशुल्क गरी लकर सेवामा ५० प्रतिशत छुटसमेत दिने बताएको छ ।