काठमाडौँः केही बर्षअघि मात्र नेपालमा उत्पादन हुनेगरी गुणस्तरीय प्रविधिसहित स्थापित इनर्जी ड्रिङक्स कम्पनीले अब्बल यात्रा तय गरेको छ ।

विभिन्न मुलुकबाट चर्को मुल्यमा भन्सार तिरेर, छलेर ल्याइने विभिन्न इनर्जी ड्रिङ्क्सलाई विस्थापित गर्दै सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा कम्पनी स्थापित गरी रिलायबल ग्रुप अफ कम्पनीले भियतनामी गुणस्तरमा रेड ब्लु, बदाम जुसलगायतका आठ प्रकारका उत्पादनलाई देशव्यापी बनाएको छ ।

युवाको सोच र लगानीसहित उद्यमको एउटा माध्यममात्र नभई रोजगारीका निम्ति पनि उक्त कम्पनीलाई गतिलो लयमा अगाडि बढाइएको छ । कम्पनीका अध्यक्ष अशोक साह भन्छन्,‘हामीले नेपाली उत्पादनले नै बजारलाई गुणस्तर मात्र होइन, बजारमा पनि प्रभावकारीता देखाउन सक्छ भन्ने सपना बोकेका थियौं, त्यो यात्रामा हामी हिँडेका छौँ ।’

बुधबार मात्र काठमाडौंको सिनामङ्गलमा कर्पोरेट अफिसको औपचारिक उद्घाटनपछि साह भन्छन्,‘पहिलो ग्राहकको सन्तुष्टि, आवश्यकता र रोजाईलाई ध्यानमा राखेका छौँ । दोस्रोचाहिँ बजारको मागको विषय आउँछ । तेस्रो युवा शक्तिको रोजगारीका निम्ति कहिँ न कहिँ योगदान गरेको स्पष्ट नै छ ।’

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय गुणस्तर दिए पनि बजारमा स–साना चुनौति भने नभएको होइन । सरकारले नेपालमा उत्पादन भएबाहेकका इनर्जी ड्रिङक्स आयात नगर्ने नीति जारी गरे पनि कालोबजारीमार्फत केही हदसम्म चुनौती भइरहेको स्वीकार गर्छन् प्रबन्ध निर्देशक मदन चुडाल । उनी भन्छन्,‘हामी यो चुनौति समेत चिरेर अगाडि बढ्ने पक्षमा छौँ । ग्राहकको रोजाइले नै हामीलाई सफल बनाउनेछ । हामी बन्नेछौँ ।’

व्यापारका लागि व्यापार मात्र नभई उद्यममा युवाको आत्मनिर्भरता, रोजागरीमा योगदान, श्रमको बजार विस्तार लक्ष्य राखिएको महाप्रबन्धक निरोज गजुरेल बताउँछन् । उनी भन्छन्,‘हामीसँग उत्पादन गर्ने बेच्ने, गुणस्तर दिने भन्ने मात्र पनि उद्देश्य होइन, कुन तहसम्म हामी रोजागरी सृजना गर्न सक्छौं भन्ने पनि प्रमुख उद्देश्यमा पर्छ ।’

उक्त कम्पनीले छोटो समयमा नै खेलकुद क्षेत्रलगायतमा योगदानपूर्ण काम गर्दै आएको छ । ‘हामी अहिले दौडिने क्रममा छौं, विस्तारै यसको रफतार बढाएर योगदान गर्दै जानेमा कुनै शंका छैन, साना तिना अस्वस्थ्य चुनौतिलाई हामी गुणस्तरले नै पार लगाउनेछौं’, अध्यक्ष साहले सुनाए ।