न्यु योर्कः नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिका र  द गुरुङ (तमु ) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन भएको छ । 

जुलाई २३ तारिख शनिबार सम्पन्न रक्तदानमा कुल ५१ प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा, महासचिव शङ्कर पन्त सहितका नेताहरुको उपस्थिति थियो । मञ्चका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्जित, सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ तथा द गुरुङ ( तमु ) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरु पनि कार्यक्रममा सहभागी थिए ।

received_751771179611468 (1)

रक्तदातादेखि आगन्तुकहरुलाई फलफूल तथा खाना खुवाउने कामले कार्यक्रमको रौनक थपेको थियो । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार  बिष्टदेखि अन्य थुप्रै विशिष्ट व्यक्तित्वहरु रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो । रक्तदाताहरुलाई आयोजक संस्थाले धन्यवादसहित सम्मानपत्र हस्तान्तरण गरेको थियो ।

sushma add.