इटहरी: इटहरी उपमहानगरपालिकाको जग्गाको मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढाइएको छ । 

उपमहानगरले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रस्ताव गरेको जग्गाको न्यूनतम मूल्याङ्कनमा राजमार्गले छोएका जग्गाको २० लाखसम्म वृद्धि भएको छ भने अन्य ठाउँमा सामान्य वृद्धि गरिएको छ । नगरपालिकाले हालै सम्पन्न नगरसभाबाट आगामी आर्थिक वर्षको लागि जग्गाको न्यूनतम मूल्याङ्कन बढाएको हो ।  जसअनुसार इटहरी वडा नम्बर १ को महेन्द्र राजमार्गलाई छोएका जग्गाको मूल्य अघिल्लो वर्ष १ करोड ३० लाख रहेकोमा आगामी वर्षको लागि एक करोड ५० लाख पुर्याइएको छ । वडा नम्बर १ कै महेन्द्र राजमार्गलाई नछोएका तर दायाँबायाँ पिच सडक भएका जग्गाहरुको मूल्य चालु आर्थिक वर्षमा ७५ लाख प्रतिकट्ठा रहेकोमा आगामी वर्षको लागि ९० लाख प्रतिकट्ठा पुर्याइएको छ । यसैगरी, वडा नम्बर १ क का भित्री भागका सडक बाटोका साथै दायाँबायाँका जग्गाहरुको मूल्य भने कट्ठाको ५० लाख पुर्याइएको छ । ती जग्गाको मूल्य चालु आर्थिक वर्षमा कट्ठाको ४५ लाख थियो । 

यता इटहरी वडा नम्बर १ ख का मुल सडकसँग जोडिएका जग्गाहरुको मुल्य कट्ठाको १ करोड पुर्याइएको छ भने दायाँबायाँ पिच सडक भएका जग्गाहरुको मुल्य कट्ठाको २० लाख बढाएर ८० लाख पुर्याइएको छ । उता वडा नम्बर १ ख कै भित्री भागका सडक बाटोका साथै दायाँबायाँका जग्गाहरुको मूल्याङ्कन कट्ठाको ५० लाख पुर्याइएको छ । यस्तै इटहरी वडा नम्बर १ ग का महेन्द्र राजमार्गलाई छोएका जग्गाको मूल्य पनि एक करोड ५० लाख प्रतिकट्ठा पुर्याइएको छ भने दायाबायाँका सडकले छोएका जग्गाको मूल्याङ्कन ७५ लाखबाट ९० लाखमा बढाइएको छ । इटहरी १ ग का भित्री सडक बाटोका जग्गाहरुको मूल्याङ्कन भने ३० लाख प्रतिकट्ठा पारिएको छ ।  बाटोले नछोएका इटहरी १ ग का जग्गाको मूल्याङ्कन कट्ठाको १८ लाख रुपैयाँ रहेको छ । यसैगरी, वडा नम्बर २ को कोसी लोकमार्गसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ५० लाख छ । चालु आर्थिक वर्षमा ४५ लाख प्रतिकट्ठा रहेका जग्गाको मूल्याङ्कन कट्ठाको ५ लाख बढाउँदै ५० लाख पुर्याइएको हो । 

इटहरी २ को कोसी राजमार्गको दायाँबायाँको सडकको मूल्याङ्कन कट्ठाको ३० लाख रुपैयाँ छ भने वडा नम्बर २ को भित्री बाटोले छोएका जग्गाको मूल्याङ्कन कट्ठाको १८ लाख पुर्याइएको छ । वडा नम्बर २ का भित्री बाटोले नछोएका जग्गाको मूल्याङ्कन कट्ठाको ५ लाख छ । यसैगरी वडा नम्बर ३ को पिच सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको २६ लाख पुर्याइएको छ । चालु आर्थिक वर्षमा २३ लाख प्रतिकट्ठा रहेको सो जग्गाको मूल्याङ्कन कट्ठाको ३ लाख रुपैयाँ बढेको हो । वडा नम्बर ३ का बोटोले नछोएका भित्री जग्गाको मूल्य भने ४ लाख रुपैँया प्रतिकट्ठा रहेको छ । यसैगरी, वडा नम्बर ४ को दायाँबायाँ पिच सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ७० लाख रुपैँया छ भने भित्री सडक बाटोले छोएका जग्गाको मूल्य कट्ठाको २० लाख र बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ९ लाख रुपैयाँ तोकिएको छ । 

इटहरी वडा नम्बर ४ ख का मुल सडकसँग जोडिएका जग्गाको मूल्य प्रतिकट्ठा १ करोड १० लाख पुर्याइएको छ भने ४ ख को बाटोले नछोएको जग्गाको मूल्याङ्कन कट्ठाको १४ लाख रुपैँयासम्म पुर्याइएको छ । यस्तै, इटहरी ४ ग को धरान विराटनगर मुल पिच बाटोसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ८० लाख पुर्याइएको छ । वडा नम्बर ४ ग को बाटो नजोडिएको जग्गाको मूल्याङ्कन कट्ठाको १० लाख रहेको छ । वडा नम्बर ४ घ को कोसी लोकमार्गमा जोडिएका जग्गाको मूल्याङ्कन ८० लाख प्रतिकट्ठा छ भने वडा नम्बर ४ ङ को कोसी लोकमार्गमा जोडिएका जग्गाको मूल्याङ्कन ७० लाख प्रतिकट्ठा बनाइएको छ । वडा नम्बर ४ ङ को बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ७ लाख रुपैयाँ छ भने वडा नम्बर ४ च को बाटोले नछोएका जग्गाको मूल्य प्रतिकट्ठा ६ लाख पुर्याइएको छ , 

यस्तै, इटहरी वडा नम्बर ५ क र ख को पिच सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ३० लाख छ भने दायाँबायाँको सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको २४ लाख र बाटोले नछोएका जग्गाको मुल्य ६ लाख रुपैयाँ प्रतिकट्ठा छ । यस्तै, वडा नम्बर ५ ग को मुल सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ९० लाख छ भने भित्री बाटोका जग्गाको मूल्य १६ लाख रुपैयाँ कट्ठासम्म छ । यस्तै, सोही वडामा बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ८ लाख रुपैयाँ तोकिएको छ । 

वडा नम्बर ५ घ का मुुल सडकसँग जोडिएका जग्गाको मूल्य ९० लाख कट्ठा छ भने बाटो नजोडिएका जग्गाको मुल्य कट्ठाको १० लाख रुपैया छ । यता वडा नम्बर ५ च को पिच सडकसँग जोडिएको जग्गाको मूल्य कट्ठाको ४० लाख र बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ८ लाख छ ।  वडा नम्बर ६ क को पिच सडकसँग जोडिएको जग्गाको मूल्य ३० लाख कट्ठा छ भने ६ क को बाटोले नछोएका जग्गाको मूल्य ६ लाख रुपैयाँ कट्ठा रहेको छ । यस्तै, वडा नम्बर ६ ख र ६ ग को पिच सडक छोएका जग्गाको मूल्याङ्कन कट्ठाको २६ लाख छ भने भित्री सडकको बाटोले छोएका जग्गाको मूल्य ८ लाख प्रतिकट्ठासम्म रहेको छ ।  वडा नम्बर ६ घ को पिच सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ३२ लाखसम्म रहेको छ भने भित्री सडक बाटोका जग्गाहरुको मूल्य कट्ठाको १० लाख रहेको छ । 

यसैगरी, इटहरी वडा नम्बर ७ क अन्तर्गतका कोसी राजमार्गसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ८० लाख रुपैयाँ रहेको छ भने वडा नम्बर ७ क को बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ७ लाख रुपैयाँसम्म छ । वडा नम्बर ७ ख को पिच सडकसँग जोडिएका जग्गाको कट्ठाको ३६ लाख र वडा नम्बर ७ ग को पिच सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको २० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ७ घ र ङ का बाटोले नछोएका जग्गाको मूल्याङ्कन कट्ठाको साढे ४ लाख रुपैयाँसम्म रहेको छ । यसैगरी, वडा नम्बर ८ क मा पिच सडक छोएका जग्गाको मूल्य कट्ठाको ६५ लाख हुँदा वडा नम्बर ८ ख र ग को बसबार्क एरियासँग जोडिएका जग्गाको मूल्य कट्ठाको एक करोड १० लाखसम्म छ । वडा नम्बर ८ मा बाटो नजोडिएका जग्गाको मूल्य पनि कट्ठाको १४ लाख सम्म मूल्याङ्कनमा राखिएको छ । 

यस्तै, इटहरी उपमहानगरको वडा नम्बर ९ का सबै पिच सडकसँग जोडिएका जग्गाको मूल्य १८ लाख राखिएको छ भने बाटोले नछोएका जग्गाको मूल्य ३ लाख राखिएको छ । इटहरी १२ अर्थात् साविक खनारको कोसी राजमार्गमा जोडिएका जग्गाको मूल्य ६० लाख रुपैँया प्रतिकट्ठा छ भने भित्री बाटोले छोएका जग्गाको मूल्य कट्ठाको ५ लाख र बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ३ लाख राखिएको छ ।  यसैगरी, साविक हाँसपोसा गाविसको मुल सडकसँग जोडिएको जग्गाको मूल्य कट्ठाको ५० लाख राखिएको छ भने बाटो नभएका सम्पूर्ण जग्गाको मुल्याङ्कन कट्ठाको ७ लाख राखिएको छ । हाँसपोसा २ क र २ ग का पक्की सडकसँग जोडिएका जग्गाको मूल्य ६० लाख कट्ठा राखिएको छ भने २ ख को पक्की सडकसँग जोडिएका जग्गाको मूल्य ३० लाख राखिएको छ ।

यस्तै, साविक हाँसपोसा ३ को मुल सडकसँग जोडिएका सबै जग्गाको मूल्याङ्कन कट्ठाको २५ लाख राखिएको छ । हाँसपोसा ४ को सबै ब्लकको पक्की सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको २५ लाख रुपैयाँ छ । यता हाँसपोसा ५ र ६ का पक्की सडकसँग जोडिएका जग्गाको प्रतिकट्ठा मूल्य १८ लाख रुपैँया छ भने बाटोले नछोएका जग्गाको मूल्य कट्ठाको ४ लाख रुपैयाँ छ । साविक हाँसपोसा ९ का सबै ब्लकको पक्की सडकसँग जोडिएका जग्गाको मूल्य १७ लाख रुपैयाँ कट्ठा छ भने साविक एकम्बाको पूर्वपश्चिम राजमार्गसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै, साविक एकम्बाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को बाटोले नछुने जग्गाको मूल्य कट्ठाको २ लाख रुपैयाँ छ । यसैगरी, साविक पकली गाविसको पूर्वपश्चिम राजमार्गले छोएका जग्गाको मूल्याङ्कन कट्ठाको ४० लाख रुपैँया छ भने पकली शाखाको भित्री बाटोसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको २१ लाख रुपैँयासम्म छ ।