इटहरीः पछिल्लो २४ घन्टामा देशभर थप ४० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

तीन हजार १० जनाको स्वाब परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएका मध्ये आठ सय ४७ जनाको पीसीआर र एक हजार एक सय ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्क छ ।

४० जना संक्रमित थपिँदा आजै १९ जना संक्रमित निको भएका छन् । हाल देशभर तीन सय ४८ जनामा संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले प्रष्ट पारेको छ ।