इटहरीः आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको सोमबार बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा सेयरको बाँडफाँट भएको हो ।

बीओके क्यापिटलका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए भने आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्द भएको थियो ।

सदर भएका १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये छ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत् सेयर बाँडफाँट गरिएको छ भने बाँकी लगानीकर्ताको हात खाली भएको छ । भाग्यमानी लगानीकर्तामा पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक/एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कूल जारी पूँजी ९दुई लाख सात हजार कित्ता० को ०।५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीलाई र निष्कासित ९६७ हजार कित्ता० सेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।