भेडेटारः प्रदेश नम्बर एकका महिला खेलकुद प्रशिक्षकहरुले खेलका प्रतियोगिताहरु आयोजना नहुँदा खेलाडी र प्रशिक्षकको कामको मुल्यांङ्कन नभएको बताएका छन् ।

खेलकुदका गतिविधिहरु बढाउन र खेलाडीलाई खेलमा उत्साहित बनाउन नियमित र निरन्तर खेलकुद प्रतियोगिताहरु विद्यागतरुपमै बढाउनु पर्ने प्रशिक्षकहरुको भनाई छ ।

कहिले कोरोना महामारीको नाममा त कहिले अर्कै बहानामा खेलकुदका गतिविधिहरु बन्द हुँदा खेलाडीहरु घरमा थन्किएर बसेको एथलेटिक्सकी पुर्व खेलाडी तथा प्रशिक्षक मेनुका राउतले बताइन् । झापा जिल्लाको मेचीनगर ७ बाट प्रशिक्षकको रुपमा धनकुटा जिल्लाको भेडेटारमा क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आएकी राउत एथलेटिक्सबाट अन्तराष्ट्रिय खेल खेलीसकेकी खेलाडी हुन् ।

सहायक प्रशिक्षकका रुपमा कार्यरत राउतले भारतको कोलकोत्तामा आयोजना भएको १० हजार मिटर र १५ सय मिटरको एथलेटिक्समा कास्य पदक प्राप्त गरेकी थिइन् भने ८ सय मिटरको दौडमा पनि चौथो स्थान हासिल गरेकी थिइन् ।

१९८८ मा कोरियाको सिउलमा भएको ४२ किलोमिटर म्याराथुन, २ पटक सिँगापुरमा सिनियर एसियन ट्याक्ट एण्ड फिल्ड छैठौँ र सातौँ स्थानमा आएकी राउत थाइलेण्डमा भएको जुनियर एसियन ट्याक्ट एण्ड फिल्डमा समेत नेपाल सरकारको तर्फबाट सहभागी भएकी थिइन् ।

285018582_349535857250447_8474917732653195750_n

राखेपबाट छनौट भएर विश्वका विभिन्न देशमा खेल खेलिसकेकी राउत आफ्नो गृह जिल्ला झापामा खेलाडीहरु राम्रै उत्पादन भइरहेको भनाई राख्छिन् ।

त्यसो त झापा जिल्लाकै एथलेटिक्सको सहायक प्रशिक्षकको रुपमा कार्यरत रहेकी नर्वदा विष्ट २०६१ सालदेखि स्थायी भएर प्रशिक्षणको काम गरिरहेकी छन् । महिला भएकै कारण अहिले सम्म खेलक्षेत्रमा कुनै समस्या नआएको बताउने नर्वदा झापा जिल्ला पहिले देखिनै एथलेट्समा राम्रो भएको र प्रतियोगिताहरुमा राम्रो नतिजा ल्याइरहेको बताउँछिन् ।

प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिममा भेटिएकी नर्वदा तालिमले आफुलाई हौसला दिएको सबैकुरा गेममा गर्न नसकेपनि , नयाँ विधि प्रविधिका कुराहरु सिकाएको बताइन् । अव आफुहरुलाई पनि हौसला भएको र खेलाडीलाई पनि नयाँ ढंगले प्रशिक्षण दिन सक्षम भएको नर्वदाको बुझाई छ ।

284649796_763940034768082_8552097737481827154_n

यता कवड्डी खेलसँग आवद्ध रहेकी पार्वती राई कवड्डीलाई राष्ट्रिय खेलबाट हटाएकोमा चिन्तित छिन् । सरकारले लगानी गर्दा कवड्डीमा पनि क्रेज आएको र १३ औँ साग खेलमा आफुले सिकाएको खेलाडीलेनै दोस्रो मेडल पाएको बताइन् । सरकारले खेलमा लगानी गर्न सके राम्रो रिजल्ट आउने राईको भनाई छ ।

तालिम कार्यक्रमले नवौ खेलकुद प्रतियोगिताको लागि उर्जा मिलेको र चाइनामा आयोजना हुने एसियन गेम लागि पनि तालिमले सपोर्ट गरेको उनले भनाई राखिन् । अहिलेसम्म महिला भएकै कारण विभेद नखेपेको बताउँने पार्वती आफुले महिला पुरुष सबैलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिएको बताइन् ।

284712414_2892914851008404_1196605325329387619_n

अव खेलक्षेत्रलाई माथि लानका लागि स्थानीय सरकार भनेर चिनिएका पालीकाहरुले पनि स्पोर्टससँग आवद्ध भएको मान्छेलाई खेलका क्षेत्रमा विषयगत प्रशिक्षक ल्याउन नसकेको पार्वतीले बताइन् ।सरकारसँग फण्ड भएता पनि खेलक्षेत्रमा लगानी नै नगर्ने गरेको उनको गुनासो थियो ।

प्रदेशको खेललाई निरन्तरता दिनको लागि समयमा प्रतियोगिताहरु भइरहनुपर्ने,राखेप र प्रदेशको खेलकुद विकास बोर्डको क्यालेण्डर बन्नु पर्ने र विद्यागत हिसावमा प्रशिक्षकहरु नियुक्त गर्नुपर्ने राईले सुझाइन् ।कोच नभई खेलाडी नहुने भएकाले खेलाडी र कोच कोही पनि नभए राखेप र प्रदेश खेलकुद विकास बोर्डको समेत आवश्यता नहुने बताउँछिन् ।

यता नेपालको एकमात्र महिला हेण्डवल प्रशिक्षकको रुपमा रहेकी विन्दा थापा उदयपुरको चौदण्डिगढी गाउँपालिकाबाट प्रतिनिधित्व गर्छिन् । हेण्डबलको क्षेत्र मानिने पोखरा र उदयपुर अनि नेपाली सेना, शसस्त्र प्रहरीका खेलाडीहरु हेण्डबलमा बढि इन्गेज भएको मानिन्छन् । २०४२ सालमा खेलाडी प्रवल गुरुङ्गले उदयपुरमा स्थापना भएको हेण्डवल खेल पछिल्लो समयमा निकै चर्चामा रहेको खेलको रुपमा चिनिने गरेको छ ।

284727542_400811481964573_7488520534067043926_n

महिला प्रशिक्षकको रुपमा नेपालकै एक्लि विन्दा थापाले भारतको राजस्थान, जयपुर , कोलकोत्तामा गएर प्रतियोगिता खेलेसकेकी छिन् । खेलकै माध्यमबाट आधा भन्दा बढि नेपाल घुमिसकेकी थापा महिला भएर खेलक्षेत्रमा होमिदा कतिपय ठाउँमा महिला खेलाडी हुँदा पनि समस्य र खेल्न बाहिर जाँदा पनि समस्या भोग्नु परेको सुनाउँछिन् ।

गत चैतको २१ देखि २४ सम्म राष्टिय हेण्डबलको प्रतियोगिता गराएकी थापा महिलाहरुलाई जिम्मेवारी लिन चाँहादा चाँहादै पनि वायस गर्ने गरेको समेत सुनाउँछिन् ।

कोचको मुल्यांङ्कन गर्नका लागि खेलका प्रतियोगिताहरु आयोजना भइरहनु पर्ने धारणा राख्छिन् । प्रशिक्षकहरुको काम खेलाडी उत्पादन गर्ने भएको हुँदा आफुहरु खेलाडी उत्पादनमा सक्रिय बनेर लागेको समेत बताउँछिन् ।

खेलाडीलाई राष्ट्रिय खेलाडीले पाउने सुविधा दिनुपर्ने खेलाडीको आर्थिक अवस्था नबुझ्दा खेलाडीले राम्रो प्रस्तुती दिन नसक्ने समेत बताउँछिन् ।

खेलाडीहरुलाई स्वास्थ्य बीमाको व्यवस्था हुनुपर्ने, सबै खेलाडी सबै प्लेन चढ्न नसक्ने हुँदा सार्वजनिक गाडीहरुमा पनि भाडा छुट हुनुपर्ने जस्ता सुविधाहरु खेलाडीलाई दिनुपर्ने थापाको भनाई छ ।

‘सरकारले हस्पिटल भन्दा खेलकुदमा सहयोग गर्नुपर्छ खेलकुदमा सक्रिय भएर लाने र उत्प्रेरणा दिने हो भने हस्पिटल खोल्नु पर्दैन ।’ थापाले थपिन् ।