धरानः परिवर्तनका लागि सामािजक अभियानले १ सय ३८ जना विद्यार्थीहरुका लागि निःशुल्क ब्लड ग्रुपिङ्ग क्लिनिक सञ्चालन गरेको छ । महेन्द्र बहुमुखी क्याम्पसका बिबिएमका विद्यार्थीहरुले आयोजना गरेको बिजनेश एक्स्पो–२०७९ मा अभियानले सो कार्यक्रम गरेको हो ।
अभियानका अध्यक्ष विष्णु बरालका अनुसार विद्यार्थीहरुलाई उक्त कार्यक्रममा रक्तदान सम्बन्धि अभिमुखिकरण समेत दिईएको थियो । “रक्तदान कार्यक्रम गर्नु भन्दा रक्तदानको लागि अभिप्रेरित गर्न महत्वपूर्ण हो, त्यसैले हामीले आज विद्यार्थीहरुको निःशुल्क ब्लड ग्रुपिङ्ग ग¥यौ र रक्तदान सम्बन्धि जानकारी पनि दियौं” बरालले बताए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा अभियानका अभियन्ताहरु त्रिभुवन बराल, जेनिश शाक्य, निशान नेपाल, हेम ढकाल, इनि शाक्य, स्वस्तिका तामाङको सहभागिता रहेको थियो ।
परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य क्षेत्रमा विगत १० महिनादेखि सामाजिक कार्य गर्दै आईरहेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आईरहेको छ । विभिन्न वडामा कार्यक्रम आयोजना गर्ने लक्ष्य अनुरुप १६ औं संस्करण सम्म आयोजना भएको उक्त कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना हुने गर्दछ । यस पटक यहि जेष्ठ २१ गते शनिवार सिद्धि नेवाः परिषद्, धरान–७ संगको सहकार्यमा १७ औं संस्करणको निःशुल्क स्वास्थ्य क्लिनिक आयोजना हुदैछ ।
रक्तदान गर्दा के फाईदा हुन्छ ?
मुटुका लागि फाइदाजनक
रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई ह्दयघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ ।
नयाँ रक्तकोशिका बन्छ
शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नया“ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
क्यालोरी खपत हुन्छ
एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ। यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन ।
क्यान्सर हुने खतरा कम हुन्छ
क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ । नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ । रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।