बराहक्षेत्रः विस २०७३ सालमा साविक बराहक्षेत्र, भरौल, प्रकाशपुर, महेन्द्रनगर र मधुवन गाविसलाई गाँभेर बराहक्षेत्र नगरपालिका बन्यो । तत्कालीन ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित निलम खनाललाई बराहक्षेत्रबासीले प्रमुख नगरप्रमुखका रूपमा अनुमोदन गरे । यद्यपि यस स्थानमा कम्युनिस्टहरुले आफ्नो ‘लालकिल्ला’ को रूपमा दाबी गर्दै आएका छनभने कांग्रेसको ‘पराजित यात्रा’देखिन्छ । अघिल्लो स्थानीयतह चुनावमा समेत बराहक्षेत्रका ११ वडामध्ये ८ वटा वडामा एमालेले जीत निकालेको थियो भने कांग्रेस ३ वटा वडामा खुम्चिएको थियो । अघिल्लो निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका मेयर उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ मत प्राप्त गर्दै पराजित भएका थिए ।
स्थानीयतह निर्वाचन २०७९ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको चुनावी तालमेलपछी यस् स्थानमा कांग्रेसले एमाले ‘बिरासत’भत्काएको छ । एमालेका उनै निलम खनाल यसपटक पुनः नगरप्रमुख पदमा उमेदवार बनेका थिए भने गठबन्धनका तर्फबाट रमेश कार्की चुनावी मैदानमा थिए । निर्वाचन अधिकृतका अनुसार कार्कीले १९ हजार २ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी खनालले १४ हजार १ सय ५८ मतमा चित्त बुझाएका छन् ।
एमालेजनले आफ्नो ‘गढ’ भन्दै आएको बराहक्षेत्रमा रमेश कार्कीको चुनावी जितपछी यहाँ एकखाले तरंगनै पैदा भएको पाइन्छ । यसको कारणतस् जनताले चाहेर परिवर्तन नै हो । वर्तमान नगरको नेतृत्वसँग बराहक्षेत्रबासी असन्तुष्ट भएकै कारण हाल यहाँ रहेका ११ वडामध्ये ८ वडा कांग्रेसले जितेको छभने एमाले उपमेयरसहित ३ वडामा खुम्चिएको छ । नेकपा एमालेले जिल्ला र प्रदेश तहदेखि बराहक्षेत्रलाई आफूहरूको जीत सुनिश्चित ठानेको र कांग्रेसले वास्ता नगरेको नगरका रूपमा रहेको यस् नगरमा कांग्रेसको नेतृत्वले जीत हात पारेपछि यतिबेला तरंग नै पैदा भएको छ ।
किन हार्यो एमाले ?
निलम खनालको दोहोर्याइँ
बराहक्षेत्र नगरका प्रथम मेयर निलम खनालले जनभावनाअनुरूपको कार्य गर्न नसकेको भन्दै उनी विरुद्ध जनगुनासोको लिस्ट लामै थियो । आम सर्वसाधारण मात्रै होईन, नेकपा एमालेभित्रै बेलाबेलामा असन्तुष्टीको पराकम्पन झल्किने गर्दथ्यो । सोही बखत एमालेले पुनः उनै खनाललाई दोस्रोपल्ट मेयरको टिकट दिएपछी रमेश कार्कीको जीत सुनिश्चित भएको विश्लेषण हुन थालिसकेको थियो । त्यसमा पनि आफ्नै दलका नेता राजु अधिकारीले खनालको विरुद्धमा उम्मेद्बारी दिएर असहयोगको खाडल खन्न सुरु गरेभने गौण रूपमा दलका अन्य नेताहरूले समेत सहयोग नगरेको स्रोतको दाबी छ । उम्मेद्बारी मनोनयन गर्दैगर्दा सञ्चारकर्मीहरुसँगको कुराकानीमा राजु अधिकारीले भनेका थिए, ‘बराहक्षेत्रमा निलम खनालले गरेका भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, नाताबाद र कृपाबादको विरुद्धमा मैले उम्मेद्बारी दिएको हो ।’
खरो विपक्षी उमेदवार
आफ्ना मूख्य प्रतिस्पर्धी भनिएका रमेश कार्की खनालभन्दा लोकप्रिय र ‘नन टेस्टेड’ उमेदवार भए । उमेरले युवा उमेदवार कार्कीमा व्यबहारिक परिपक्वता भने खनालको तुलनामा कम छैन् । नेतृत्व र व्यक्तित्व विकासको अग्रणी संस्था चक्रघट्टी जेसीजको वर्ष २०१७ को अध्यक्ष समेत भइसकेका कार्कीको तार्किक क्षमता र भाषण कला उत्तिकै आकर्षक छ । सरल, मिलनसार र युवापंक्तीको भावाना बुझ्नसक्ने कार्कीलाई यसपटक यहाँका थुप्रै युवायुवतीहरुले साथ दिएका थिए । तर खनाललाई भने आफ्नै कार्यकर्ताको पर्याप्त साथ रहेन ।
खनालको घरदैलो कार्यक्रममा मुस्किलले २ सय जनमानसको उपस्थिति देखिन्थ्यो भने कार्कीको पक्षमा जनलहर उर्लिएको थियो ।कार्कीको उम्मेद्बारीपश्चात् सामाजिक सञ्जालमा शुभकामना प्रकट गर्ने युवापंक्तीलाई नियाल्दा प्रायशस् स्वतन्त्र र बाह्य दलका प्रतिनिधि युवाहरू देखिन्थे । कार्की निकट एक कार्यकर्ता भन्छन्, ‘रमेश कार्कीको जीतमा प्रमुखनै भनेजस्तो भूमिका युवाहरुको छ ।’सँगै निलम खनाल एकपटक टेस्ट भैसकेका उमेदवार भएकाले समेत अर्कोपटकका लागि जनताले स्वाद फेरेको भनेर बुझ्न सकिन्छ । कार्कीले कोरोनाकहरमा जनताको घरदैलोमा गएर माक्स, सेनिटाइजर लगायतका स्वास्थ सामाग्री वितरणदेखि वर्षायामको बाढीका बखत खाधान्न वितरण गर्दैगर्दा नगरले सबैलाई दामासायी राहत वितरण गर्न नसकेको, राहतमा ढिलाइ भएको, गुणस्तरीय सामाग्री नदिएको भन्दै तत्कालीन मेयर निलम खनालको आलोचना हुदैथ्यो ।
पार्टीभित्रको अन्तर्घात
आन्तरिक होस् वा बाह्य नेकपा एमालेका बराहक्षेत्रका नेताहरुले आफ्नै नेता तथा कार्यकर्ताहरूबाट घात भएको बताउँदै आएका छन् । केहि वडाहरुमा अन्य दललाई सघाएको भन्दै पार्टीले कार्वाही समेत गरेको छ भने अधिकांश नेताहरू पार्टीलाई धेरै तह र तप्काबाट घात हुने काम भएको जिकिर गर्दछन् ।
चुनाव हुनुअघी एमालेका एक नेताले प्रदेशपोर्टलसँग भनेका थिए,‘तत्कालीन मेयर निलम खनालले आफ्नो खुसी काम गर्दा पार्टीका एकथरी नेताको असन्तुष्टी चरम रूपमा छ, यदि फेरि उहाँले नै टिकट पाउने होभने असामान्य नतिजा आउन सक्छ ।’
मेयर खनालको तत्कालीन ३ वडा अध्यक्षसँग वडा कार्यालय भवनको बारेमा कुरा नमिल्दा सम्बन्ध चिसिएको थियो भने आफ्नो वडालाई पर्याप्त बजेट नदिएको भन्दै ५ का अध्यक्ष राजु अधिकारी समेत मेयर खनालसँग रुष्ट थिए । एमाले निकट नेताहरु भन्छन्, ‘आफ्नै दलभित्रका नेताहरुलाई मिलाउन नसक्दा पनि यहाँ निलम खनाल हारेका हुन् ।’उनी थप्छन्, ‘बराहक्षेत्रमा अहिले सिंगो एमाले हारेको होईन, निलम खनाल मात्र हारेका हुन् ।’
अर्कोतर्फ नवनिर्वाचित मेयर रमेश कार्कीलाई भने पार्टीको तर्फबाट सबैखाले सहयोग रहेको बताइन्छ । कांग्रेसबाट बराहक्षेत्र नगरपालिकाको मेयर पदका लागि यसपटक १४ जनाको नाम सिफारिस भएका सबैले कार्कीलाई सघाएका थिए ।
गठबन्धन
गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र) र जसपाबाट सहयोग पाएका रमेश कार्कीको जीतलाई स्वागत गर्दैथियो भने एमाले एक्लै मैदानमा थियो । गठबन्धनमा नरहेको दल नेकपा (एकीकृत समाजवादी)ले समेत बिज्ञप्तीसहित नेपाली कांग्रेसका उमेदवार रमेश कार्कीलाई सघाउने निर्णय गरेसँगै कार्कीलाई सह्ज माहोल सिर्जित भएको थियो । तर सत्ता गठबन्धनको नीति विपरीत बराहक्षेत्रको गठबन्धन जान नसक्दा एमाले एक्लो भएको थियो ।