विराटनगरः विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।
७०० मत गन्दा कोइरालाले २६९ मत प्राप्त गरेका छन् ।

एमालेका सागर थापाले १८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र मेयर पदका उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन् ।
उपमेयर पदकी उम्मेदवार एमालेकी शिल्पा कार्कीले २२६ मत र जसपाका उम्मेदवार अमरेन्द्र यादवले १५२ मत प्राप्त गरेका छन् । मतगणना जारी नै छ ।