इटहरीः रामधुनी नगरपालिकाको मत गणना आज शनिवार १० बजेबाट शुरु गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ ।विहान ८ बजे भनिएता पनि केहि ढिलो गरी शुरु भएको बैठकले १० बजेबाट मतगणना शुरु गर्ने भनेता पनि भारी बर्षा र अन्य प्राविधिक कारणले गर्दा ११ बजेबाट शुरु हुने भएको छ ।

शनिवार विहान निर्वाचन अधिकृतको कार्यलय रामधुनीमा बसेको सर्वदलिय बैठकले विहान १० बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । शुरुमा वडा नम्बर १,२ र ३ नम्बरको मत गणना गर्ने निर्णय सर्वदलिय बैठकले गरेको बैठकमा सहभागि नेताले जानकारी दिएका छन् ।