इटहरीः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन्  । 

शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले लगानी र विकासमा देखिएका समस्या कानुनी रुपमा समाधान गरिने बताएका हुन्। 


उनले कानूनअनुसार नै राज्यको प्रणाली चल्नुका साथै परिणाम समेत देखिने भन्दै सरकार नागरिकमैत्री कानून निर्माणमा केन्द्रित रहेको बताएका हुन् । ऐन देशको ऐना भएकोले जस्तो ऐन निर्माण गर्न सकियो त्यस्तै राष्ट्र बन्ने मन्त्री लम्सालको भनाइ छ । उनले मुलुकको पूर्वाधार निर्माणको कामलाई थप गतिशील र प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक सुधारको यस गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए  । 

WhatsApp Image 2026-10-02 at 14.46.02


उनले भने, ‘ऐन भनेको देशको ऐन हो । जस्तो ऐन हुन्छ, त्यस्तै राष्ट्र हुन्छ । अहिले हाम्रो ऐन जस्ता छन्, हाम्रो समाज पनि त्यस्तै छ । अहिलेको हाम्रो शहरी ऐन हेर्यो भने हाम्रो शहर पनि त्यस्तै छ । हाम्रो अहिले शिक्षा ऐन जस्तो छ, हाम्रो विद्यालय पनि सोहीअनुसार छन् । हामीले जस्तो ऐन बनायो परिणाम पनि त सोहीअनुसार आउँदो रहेछ । मैले अहिले परिमार्जन गर्न खोजेको कानूनहरु अहिले सोहीअनुसार सुधार गर्न खोजेका हौँ । अहिले हामीले तयार गरेको मस्यौदाको अक्षरशः अध्ययन गरेर कानूनलाई त्योभन्दा उत्कृष्ट कसरी बनाउने भन्नेबारेमा सोच्नुपर्यो । हामीले खरिद ऐन पास गरिरहेका थियौँ त्यो बेला निर्माण व्यवसायी संघले एउटा सुझाव ल्यायो । तर हामीले त्यो सुझाव आत्मसाथ गरेनौँ । किनभने उहाँहरुको सुझावले  पोलिसी डिपार्चर नै दिँदैन्थ्यो । उहाँहरुले दिएको सुझाव पनि पढियो र हाम्रो तयारी पनि पढियो । उहाँहरुलाई हामीले धेरै कुरा दिन खोजेका थियौँ उहाँहरुले लिनै नखोजेको जस्तो पनि देखियो । सरकारले खास पब्लिक सेन्ट्रिक पोलिसी डिर्पाचर खोजेको हो ।’