इटहरीः इटहरी उपमहानगरको मतगणना आज शनिवार ११ बजेबाट शुरु हुने भएको छ । शनिवार विहान निर्वाचन अधिकृतको कार्यलय इटहरीमा बसेको सर्वदलिय बैठकले विहान ११ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो ।

शुरुमा वडा नम्बर १ र वडा नम्बर २० को मत गणना गर्ने निर्णय सर्वदलिय बैठकले गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका इटहरी नगरकमिटी इन्चार्ज केवल फुयाँलले जानकारी दिए ।