बराहक्षेत्रः ‘बिहानभरीको कलेज अध्यापन, साथी सर्कल, एकखाले ऐसको जिन्दगी, पार्टीभित्र पनि छुट्टै राजनीतिक अस्तित्व हुँदैगर्दा मलाई राजनीतिमा मरिमेट्न जरुरी थियो र, पक्कै थिएनु उनले फेरि थपे, ‘राजनीतिमार्फत जनताको सेवा गर्छु भनेर अध्यक्ष पदमा उम्मेद्बारी दिएको छु ।’
अध्यक्ष पदमा उम्मेद्बारी दिदैगर्दा मैले कयौंपटक नसोचेको भने होईन । उम्मेद्बारी दिदैगर्दा मैले आनन्दले व्यतीत गरिरहेको शिक्षण पेशालाई त्याग गरेको छु, राजनीति नै गर्छु भनेर लामो यात्रा गर्न आएको छु, अबको मेरो यात्रा बराहक्षेत्र नगरपालिका ५ वडाको अध्यक्षदेखि अझै माथिसम्म हो ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको चुनावी तालमेलका मुताबिक रोहित काफ्ले बराहक्षेत्र ५ वडाका अध्यक्ष पदको साझा उमेदवार हुन् । उमेरले उनी २९ वर्ष मात्र पुगेका छन् तर व्यबहार, उनले प्रस्तुत गर्ने राजनीति दृष्टिकोण, तार्किक क्षमताले गर्दा उनलाई बौद्धिक सर्कलको युवाको रूपमा परिभाषित गरिन्छ । सँगै उनी यसपटकको सम्भावित वडाअध्यक्षका उमेदवार हुन् भन्दा फरक नपर्ने उनी निकट नेताहरू बताउँछन् ।
प्रदेशपोर्टलसँगको कुराकानीमा उनले भनेका छन्, मैले चुनाव हार्दैगर्दा बाटोमा उडिरहेको धुलोले जित्नेछ, वर्षायाममा बाढीका समस्याले जित्नेछ, स्वास्थ्यका समस्या, अनियमितता, भ्रष्टाचार, नाताबाद, कृपाबादले जित्नेछ, यस् तथ्यसँग यहाँका वडाबासी अबगत भएकाले मैले चुनाव हार्ने जिरो प्रतिशत सम्भावना देख्छु । आफूले हारेको खण्डमा सुसस्कृत राजनीतिको ठाउँमा बिकृत राजनीतिले जित्ने भएकाले समेत आफूलाई जनताले जिताउनुपर्ने उनको तर्क छ ।
खासगरी उमेदवार काफ्ले अघि सारेका हेल्लो वडाधक्ष्य डेस्क सञ्चालन, बालबालिका तथा जेष्ठ नागरिक वडाबासीलाई निशुल्क स्वास्थ्य जाँच गर्ने, दलित, महिला, सिमान्तकृत समूदायलाई विशेष छुट प्रदान, अमाह सिमसारलाई पर्यटन हबको रूपमा विकसित गर्ने, उत्कृष्ट ग्रेड प्राप्त गर्ने वडाबासी विद्यार्थीलाई पुरस्कृत गर्ने, हाटबजार व्यवस्थापन, सार्वजनिक शौचालय, सिसि क्यामेरा जडान, जेष्ठ नागरिकलाई धार्मिक स्थलको अबलोकन गराउँने लगायतका एजेन्डा यतिबेला वडाबासीमाझमा लोकप्रिय बनेका छन् ।
काफ्ले निकट एक विद्यार्थी नेता सहदेब काफ्ले भन्छन्, ‘पार्टीले उपयुक्त स्थानका लागि उपयुक्त उमेदवार चयन गरेको छ, अब वडाबासीले यसलाई अनुमोदन गर्नुहुन्छ भन्नेमा विश्वस्त छौ ।’ उनकाअनुसार युवा पुस्ताहरुले पर्याप्त साथ रोहित काफ्लेलाई दिएर परिवर्तन चाहेका छन् ।
आफ्नो वडा र साविक भरौल गाविसबासीको खातिर उनको योगदान पनि उस्तै किसिमको सम्मानजनक भएको स्थानीय बताउँछन् । विभिन्न क्लवहरुले आयोजना गर्ने रक्तदान कार्यक्रम, युवाहरुले गरेका खेलकुदका कार्यक्रमहरु, निशुल्क स्वास्थ्य शिविर, टोल सरसफाइ कार्यक्रम लगायतका वडाबासीका सुःख -दुःखमा उनी परोक्ष वा प्रत्यक्ष रूपमा सँगसँगै रहेको उनी निकट नेताहरू बताउँछन् ।
त्यस्तै, उनीसँग युवाहरुको नेतृत्व र व्यक्तित्व विकास लक्षित योजनाहरुको परिकल्पनाहरु समेत छन् । उनले विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूको सीप र क्षमताअनुसारको उधम प्रदान गर्ने, स्थानीयहरुलाई ड्राइभिङ, प्लम्बिङ, वाइरिङ, सिलाइकटाइ लगायतका तालिममार्फत स्वरोजगार बनाउने प्रतिबद्धता जनाएका छन् ।
उसो त उनीले चुनावी प्रतिस्पर्धा गर्ने वडामा लचिलो प्रतिस्पर्धा भने छैनन् । अघिल्लो स्थानीयतह चुनावको मूल्यांकन गर्दा नेपाली कांग्रेसका उमेदवार दिल बहादुर पौडेलले प्राप्त गरेको दुई तिहाइ मत प्राप्त गरि नेकपा एमालेका उमेदवार राजु अधिकारी विजयी भएको वडा हो ।
रोहित भन्छन्, ‘यसपटक नेकपा एमालेको यो स्थानीय सरकारले गरेको कामकार्वाही देखेर नागरिकहरु आजित भइसकेका छन्, उनीहरू परिवर्तनको पक्षमा छन् ।’उदघाट्न गरेका विभिन्न योजनाहरु अलपत्र परेको, विकास, समृद्धि र शुसासनको प्रत्याभूति गर्न यस् वडाबासीले गर्न सकेको जस्तो मलाई लाग्दैन्, काफ्लेले भनें ।
काफ्लेको अर्को प्रमुख चुनौतिको रूपमा यसपटकका उमेदवारहरु हुन् । यसपटकको उक्त वडाबाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पुस्प नारायण राजधामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन भट्टराई, स्वतन्त्र उमेदवार सुर्य बहादुर बस्नेत र नेकपा एमालेका उमेदवार देबेन्द्र बिष्टले काफ्लेसँग प्रतिस्पर्धा गर्ने छन् ।